Worldlink Communications

पोखरा महानगरपालिका १९ स्थित चितेपानि पुरुन्चौर ढाव जोडने कनेक्टिङ रोड समुद्घाटन

फागुन २५, पोखरा

पोखरा महा नगर पालिका वडा नं  १९  स्थित  चिते पानि पुरुन्चौर  ढाव    माछापुच्छ्रे गाउँपालिका जोडने कनेक्टिङरोड को उद्घाटन नेकपा एमाले का पोलिट ब्युरो सदस्य सघिय संसद एबम पुर्ब युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले चितेपानि चोकबाट रिवन काटेर समुदघाटन गर्नुभयो ।

सघिय संसद एबम पुर्ब युवा तथा खेलकुदमन्त्री माननीय जगतबहादुर विश्वकर्मा को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम को अतिथिहरुमा माछापुच्छ्रे गाउँपालिका का अध्यक्ष कर्ण बहादुर गुरुङ दिपक पौडेल प्रदेश कमिटी सदस्य एमाले उमनाथ गौतम माधव बास्तोला हुन्छ त्यस्तैगरी भीमबहादुर विश्वकर्मा छितिज प्रदेश कमिटी सदस्य माओवादी केन्द्र शकर ढुङ्गाना नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य पुस्पेनदर पाण्डे खिमलाल बास्तोला नेत्रनाथ अधिकारी सुरेन्द्र मान सिङ भण्डारी अर्जुन अधिकारी इमानराज पौडेल शंकर गौतम लक्ष्मी अधिकारी विष्णुप्रसाद गौतम निर्मल बास्तोला बिष्णु बास्तोला लगायतको आथित्यता मा गरिएको कार्यक्रमको अध्यक्षता पोखरामा नगरपालिका बडा १९ का अध्यक्ष शोभा मोहन पौडेल ले गर्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि जनप्रतिनिधि कृष्णप्रसाद गौतमले संचालन गर्नु भएको सो कार्यक्रम मा करिब तीन सय जनाको उपस्थिति थियो।

राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रम शिलालेख अनावरण गरि अगाडि बढेको थियो ।कार्यक्रम का प्रमुख अतिथि जगत बहादुर विश्वकर्माले तपाईं हरुको सक्रियता ले नै यो कनेक्टिङ रोड बन्न पुगेको हो भन्नुभयो। कतै बजेट परेर पनि काम हुननसकेका धेरै स्थान छन् भन्दै विकासको नमुना र राजनैतिक एकता हेर्न लायक हाम्रो वार्ड हो आफू खेलकुदमन्त्री भएको बेलामा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाएको त्यो पनि धेरै छोटो समयमा नै यही वार्ड मा पनि  खेलकुद मैदानहरु बनाएको भन्दै आफू मन्त्री भएको बेलामा सबैभन्दा धेरै काम गरेको र देसैभरि पनि धेरै काम गरेको हुनाले आफ्नो मन्त्रालय विकासको लागि पहिलो मन्त्रालय बनेको भन्दै स्मरण गराउनु भयो आज हामीले महत्त्वपूर्ण काम गरेका छौं पुरुन्चौर ढावा माछापुच्छ्रे गाउँपलिका जोड्ने कनेक्टिङ रोडले माछापुच्छ्रे गाउँपालिका सबै जनता को मन उज्यालो र खुसी बनाएको छ भन्नुभयो जुन रोड यहाँको विकासको लागि मेरुदण्ड नै बनेर आएको यो connecting rod विकासको निम्ति जनताको निम्ति उहाँ हरुको पक्षमा काम भएको छ भन्नुभयो । हामी जहिले पनि जनताको पक्षमा काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको र विकास पनि त्यहीअनुसार अगाडि बढेको भन्नुभयो। विकासको लागि राजनैतिक रुपमा यहाँ कोही कसैसँग कुनै विवाद नभएको हुनाले नै यहाँ विकास सम्भव भएको हो भन्ने कुरा केन्द्रका सबै सबै पार्टीका सबै नेतालाई देखाउनुपर्ने नमुना वार्ड भएको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै सोभा मोहन पौडेल ले यो वडा विकासमा कहिल्यै पनि सेकेन्ड भएको छैन भन्नुभयो  कुनैपनि बजेट फ्रिज गएको पनि छैन भन्नुभयो अनि कहिँकतै बजेट दुरुपयोग भएको पनि छैन भन्नुभयो ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्षले connecting rod माछापुच्छ्रे गाउँपालिका का जनताहरु को लागि बाटो मुटुको धड्कन बनेर हाम्रो जीवनमा आएको छ भन्नुभयो वडा नम्बर १९ र माछापुच्छ्रे गाउँपालिका को सम्बन्ध connecting रोडमा मात्र नभई समग्र विकास चाहे तो खानेपानीमा किन नहोस् चाहे तो शिक्षा स्वास्थ्यमा किन नहोस् सबैमा उत्तिकै गहिरो सम्बन्ध रहेको बताउनुभयो।

शुभकामना मन्तव्य दिने क्रममा connecting rod समितिका अध्यक्ष लगायत सबैलाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो भने शुभकामना मन्तव्य दिने क्रममा दिपक पौडेल, बिष्णु प्रसाद गौतम, निर्मल बास्तोला विष्णु बास्तोला (प्रकाश)लगायत सबैले पोखरा १९ को बिकासमा कुनैपनि राजनैतिक प्रभाव नभएको र हुने पनि छैन भन्नुभएको थियो र त विकास सम्भव भएको छ भन्नुभयो।

-प्रकाश अधिकारी

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: