Worldlink Communications

पोखराको मतगणना जारी गठबन्धन का धनराज अगाडि

जेठ ४,पोखरा

पोखरा महानगर पालिकाको बुधबार साँझ सम्मको मतगणना अनुसार  ४१ हजार ४२३ मत गनि सकिदा गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्यले २ हजार ३२ मतले  अगाडि हुनुहुन्छ।

उहाले १७ हजार २४२ मत पाउँदा नेकपा एमालेका कृष्ण थापाले १५ हजार २१० मत पाउनुभएको छ  भने राप्रपाका शंकर खरालले १६ सय ९८ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ९ सय २९ मत पाउनुभएको छ ।

गठबन्धनकी कोपिला रानाभाट नेकपा एमालेकी मञ्जुदेवी गुरुङ भन्दा १०२ मतले अगाडि हुनुहुन्छ । नेपालि कांग्रेस का उम्मेदवार कपिला रानाभाटले १७ हजार ४४३ मत पाउनुभएको छ भने एमाले का मञ्जु गुरुङ ले १७ हजार ३४१ मत पाउनुभएको छ र राप्रपा का रञ्जना पौडेलले १४ सय ७२ मत पाउनुभएको छ।

बैशाख ३० गते भएको चुनावमा १ लाख ४३ हजार २२६ मत खसे को मध्य हालसम्म पोखरा २, ३, ४,१२,१३,२३,२४ र २६ मा नेपाली कांग्रेस ले जितेको छ भने १,५ र ६ नेकपा एमालेले जितेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: