Worldlink Communications

जनप्रतिनिधि हरुको पदस्थापन र पहिलो बैठकले गरेका निणर्य हरु

जेठ १२, पोखरा

पोखरा महानगरपालिकाले जननिर्बाचित प्रतिनिधिहरूको आज पदबहाली कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महा नगरपालिका वाड नं 20 ले पनि आफ्ना जनप्रतिनिधि हरूको पदस्थापन कार्यक्रम लाई निरन्तरता दियो ।

पदस्थापन  कार्यक्रम मा वडाध्यक्ष गगा बहादुर खत्री,सदस्य मिना पौडेल, अप्सरा नेपाली, गन्र्जमान गुरुङ र उत्तम गुरुङ को पदस्थापना गरिएको हो।

पदस्थापना भएको सुरुवातको दिनमा नै बसेको बैठकले पोखरा महानगरपालिका वडामा स्थाइ बसोवास गर्ने आफ्ना नागरिकहरूको हितको निम्ति आगामी आर्थिक वर्षदेखि सुत्केरी  भएकी महिला तथा नवजात शिशुको स्वास्थ्य को ख्याल गर्दै पोषण खर्च वापत रु तीन हजार वार्ड बाट उपलब्ध गराउने निर्णय  गरेको छ।

पोखरा महानगरपालिका बाट जननिर्बाचित प्रतिनिधिहरूको आज पदबहाली कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महा नगरपालिका वाड नं ०१ ले पनि आफ्ना जनप्रतिनिधि हरूको पदस्थापन कार्यक्रम लाई निरन्तरता दियो ।

पदस्थापन  वडाध्यक्षले साहारा प्रधान सदस्य शोभा गरुङ, जुक माया परियार,रामजि पौडेल,जुम काजि गुरुङ को पदस्थापना गरिएको हो।

पदस्थापना भएको सुरुवातको दिनमा नै बसेको बैठकले पोखरा महानगरपालिका वडामा स्थाइ बसोवास गर्ने आफ्ना नागरिकहरूको हितको निम्ति आगामी आर्थिक वर्षदेखि लागू हुने गरी अपाङ्ग व्यक्ति हरुलाई वार्षिकरुपमा एकमुष्ट ५०००, फरक क्षमता भएका मानिसहरूलाई वार्षिकरुपमा ३००० र गरिब तथा विपन्न परिवार  पहिचान गरी उनीहरु को स्तर बृद्धि को लागि वार्षिक रुपमा ५००० वार्ड बाट उपलब्ध गराउने निर्णय  गरेको हो।

पोखरा महानगरपालिका बाट जननिर्बाचित प्रतिनिधिहरूको आज पदबहाली कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महा नगरपालिका वाड नं १९ ले पनि आफ्ना जनप्रतिनिधि हरूको पदस्थापन कार्यक्रम लाई निरन्तरता दियो ।

पदस्थापन कार्यक्रम मा वडाध्यक्ष पुस्पेन्दर पाण्डे  सदस्य दुर्गा बस्नेत, कल्पना परियार, बिकास आचार्य र नवराज जि सि को पदस्थापना  गरिएको हो।

पदस्थापना भएको सुरुवातको दिनमा नै बसेको बैठकले पोखरा महानगरपालिका वडामा स्थाइ बसोवास गर्ने आफ्ना नागरिकहरूको हितको निम्ति आगामी आर्थिक वर्षदेखि अति विपन्न परिवार छनौट समिति बनाइ समितिका सिफारिस का आधारमा  निसुल्क स्वास्थ्य बीमाको खर्च वार्ड बाट मिलाउने  निर्णय  गरेको छ।

पोखरामा नगरपालिका बाट जननिर्बाचित प्रतिनिधिहरूको आज पदबहाली कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महा नगरपालिका वाड नं १६ ले पनि आफ्ना जनप्रतिनिधि हरूको पदस्थापन कार्यक्रम लाई निरन्तरता दियो ।

पदस्थापन कार्यक्रम मा वडाध्यक्ष अमृत तिमिल्सिना,सदस्य राजकुमारि बानिया , मञ्जु नेपाली, रामकाजी गुरुङ र रामचन्द्र आचार्य को पद स्थापना गरिएको हो।

पदस्थापना भएको सुरुवातको दिनमा नै बसेको बैठकले पोखरा महानगरपालिका वडामा स्थाइ बसोवास गर्ने आफ्ना नागरिकहरूको हितको निम्ति आगामी आर्थिक वर्षदेखि यहि वार्ड भित्र रहेका अस्पतालहरूमा सुत्केरी हुन आउदा लाग्ने एम्बुलेन्स खर्च निसुल्क र महिला तथा नवजात शिशुको स्वास्थ्य को ख्याल गर्दै पोषण खर्च वापत रु एक हजार वार्ड बाट उपलब्ध गराउने निर्णय  गरेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: