Worldlink Communications

‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउँछौं’: बालेन

जेठ १३ काठमाडौं

काठमाडौं महानगरपालिकाका निर्वाचित भएपछि बालेन शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने उधघोष गरेका छन्। काठमाडौंको स्वतन्त्र मेयर बनेर इतिहास रचेपछि पहिलो सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र  विजयी भएका छन्। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको हो। लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारको रूपमा मेयर पदमा उठेका बालेन साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर पराजित भइन्।

नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरेर पराजित भए। मेयर बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंह भन्दा २३ हजार ४ सय २६ मत बढी प्राप्त गरेर विजयी भए। सिंहले स्थापित भन्दा २ सय २४ मत बढी प्राप्त गर्नुभएको छ । आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत प्राप्त गर्नुभएको छ। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७ सय ७० मत प्राप्त गरे। साथै विवेकशील साझाकी समीक्षा बास्कोटाले ६ सय ४७ मत प्राप्त गरिन्।

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी भइन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमेरका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरेर पराजित भए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६ सय ९५ मत प्राप्त गरेर पराजित भए।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: