Worldlink Communications

पदस्थापन पछि पोखरा १७ को पहिलो तीन निर्णय

जेठ १३,पोखरा
पोखरा महानगरपालिका वडा न १७ बाट नबनिर्बाचित जनप्रतिनिधि हरुको पदस्थापन गरेको छ।

पोखरा सभागृहमा पदको सपथ ग्रहण गरे लगत्तै वार्ड न.१७ अध्यक्ष राधिका शाही योगि ,सदस्यहरु बिक्रम गुरुङ ,तारा परियार , शिबराम भन्डारी ,बिष्णु कुमारी थापा भुजेल वडा कार्यालय पुगि आफ्नो पदभार ग्रहण गर्नु भएको हो।

पदभार ग्रहण गर्दै अध्यक्ष राधिका शाही योगिले सो वडामा स्थायी बसोबास गर्ने निम्नआय भएका ,अशक्त ,अपाङ्ग र पिछडिएका बर्गलाइ हिमालय आखा अस्पताल सङ्गको सहकार्यमा मोतियाबिन्दु को निशुल्क उपचार गर्ने, वडामा स्थायी बसोबास गरी शहरी स्वास्थ केन्द्रबाट नियमित सेवा लिइरहेका गर्भवती महिलाहरु को लागि पोषण प्याकेजको ब्यबस्थापन गर्ने र वडा कार्यालयको सेवा थप प्रभाबकारी बनाउन सहायता कक्ष निर्माण गर्ने तीन निर्णय गरिएको बताउनुभयो ।
उहाले निर्बाचनको दौरानमा गरिएका बाचा हर तरहले पूरा गर्दै पुर्ण भौतिक पुर्बाधार सहितको समृद्ध वडाको निर्माण एक मात्रै अर्जुन दृस्टी रहेको बताउनुभयो।

अध्यक्ष राधिका शाही योगिले आफ्नो समुहलाइ बिजयी गराउन सहयोग गर्ने सम्पुर्णमा जनसमुदाय प्रती आभार ब्यक्त गर्दै  काम गर्दा बिना पुर्बाग्रह बिकासका काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्तगर्नु भएको थियो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: