Worldlink Communications

लाहाचोक एक: विविधता अनेक किर्ति प्रकाशक बैदेसिक रोजगार मन्चको पुस्तक लोकार्पण एबम सम्मान कार्यक्रम सम्पन्न

जेठ १४, पोखरा

आज पोखरा कास्की को माछापुच्छ्रे गाउँ पालिका को सभाहल लाहाचोक मा राजु क्षेत्री अपुरो द्वारा लिखित पुस्तक लोकार्पण एवं जेष्ठ समाजसेवी सम्मान कार्यक्रमको अध्यक्षता वैदेशिक रोजगार मञ्च लाहाचोक का सल्लाहकार राजेश घलेले गर्नुभएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेश सांसद डा.पुस्पा के सि भण्डारीले गर्नु भएको थियो कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि बिदुर चन्द्र ढकाल र राजेन्द्र गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माननीय सभासद् डाक्टर पुष्पा केसीले गर्नुभएको थियो भने कार्यक्रम मा मनतव्य दिदै महेन्द्र माविका प्र अ जगन्नाथ अधिकारी,पूर्णबहादुर शाहि पूर्व  बडा अध्यक्षले सहयोग गर्नेहरु लाइ बाटो बिराउन नदिनेगरी सचेत गराउनु भएको थियो भने हामी हिजो सुन्नु पर्ने ठाउँमा थियो आज भन्न पाउने ठाउँमा छौं भन्नुभयो ।

प्रमुख अतिथि डा. पुस्पा के सि भण्डारी र माछापुच्छ्रे गाउँ पालिका को अध्यक्ष मीनबहादुर गुरुङ र उपाध्यक्ष सीता अधिकारी द्वारा पुस्तक लोकार्पण गरिएको थियो भने बिष्णु पोखरेल कार्यकारी अधिकृत र स्वतन्त्र पत्रकार असफल गौतमले अझैपनि शिल्पी समुदायलाई सामुदायिक वनमा प्रवेश निषेध गरेर अधिकारका लागि लड्नु परेको विषय स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरु लाई सम्मान गरिएको थियो भने सम्मान हुनुहुनेहरुमा गण्डकी प्रदेश का माननीय सभासद डा. पुष्पा केसी पुष्प केसी भण्डारी, गाउँपालिकाका अध्यक्ष मन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी भण्डारी र वार्ड अध्यक्ष मधुसुधन अधिकारी लगायतका लब्धप्रतिष्ठित ब्यक्तित्वहरु लाइ सम्मानित गरिएको  थियो।

प्रमुख अतिथिको आसनबाट गण्डकी प्रदेश सभासद डा.पुस्पा केसि भण्डारीले यस लघुकथा बैदेसिक रोजगार मन्चले प्रकासन गरेको र यस भित्र समेटिएका  समग्र शिर्ष क हरु पठनि भएको बताउनुभयो।

स्मरणरहोस् बौदेसिक रोजगार मन्चका अध्यक्ष  राजु क्षेत्री ,अपुरो को नेतृत्व मा लिखित किर्ति प्रकाशन गरेर धेरै राम्रो काम गर्नुभएको छ। उहाँ ले धेरै ब्यक्तित्व लाई सम्मान पनि गर्नुभएको छ त्यो पनि जिउँदै सम्मान दिनु भनेको धेरै राम्रो काम गर्नु भएको बताउनु भयो ।

केही क्रियाकलापहरु यस्ता हुन्छन् जुन ब्यबहार मा नै उतार्नु को बिकल्प हुदैन त्यो राजु क्षेत्री अपुरोले पुरा गर्नु भएको बताउनुभयो थियो भने पुस्तकको लोकार्पण कार्यक्रम बाट सम्मानित ब्यक्तित्वहरु हरु सबै लाइ धन्यवाद व्यक्त गर्नुभयो। पुस्तकले लाहाचोक को सारै राम्रो बिगत को सम्झना र भबिस्य को कल्पना गराएको छ । जसले लाहाचोकको भबिस्यमा हुनुपर्ने परिकल्पना गरिएको छ भन्नुभयो।

यस लाहाचोक मा साहित्यकार हुनुहुन्छ कथाकार हुनुहुन्छ कबि हुनुहुन्छ अनि साहित्यकार गजलकार अनि सिङ्गो पुस्तक लोकार्पण गरि विश्वलाई चिनाउने काम गर्नुभएको छ धेरैलाई सम्झेर सम्मान गर्न सकेकोमा मुरि मुरि धन्यवाद अनि बधाई व्यक्त गर्नुभयो।

आज सम्मानित हुनुहुने सम्पूर्ण आफन्तजनहरु लाइ नमन गर्दै सम्मानित ब्यक्तित्वहरु आँफैमा सम्मानित गर्ने कर्म गर्नु भएकोले नै आज सम्मान पाएको हुनुपर्छ भन्नुभयो।

आज देशमा नीति कानुन र देश बनाउने बाटो कोरिएको छ अर्थात  बनेको छ राजनैतिक रुपले भन्दा पनि अब विकासको मूल फुटाऔं भन्दै नेत्रित्वमा आउनुपर्ने आजको यो परिवेशमा सबैले एउटै नाराका साथ एउटै भावनाका साथ सबैलाई सम्मान गर्दै सबैलाई अपनत्व दर्साउदै देश विकास गर्ने क्रममा लाहाचोक लाई पनि विकासको मार्ग प्रशस्त गर्न युवाहरुकाे  जोश जाँगर र सम्मानित ब्यक्तित्वहरु लाई उच्च सम्मान गरिएको सो कार्यक्रम आफैमा भब्य र सभ्य भएको बताउनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: