Worldlink Communications

तारा एयरको जहाज सम्पर्क विहीन मुस्ताङको लेते र टुकुचेको बीचमा दुर्घटनामा परेको आंशका

जेठ १५, पोखरा

पोखरा बाट जोमसोम को लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको ९ एन एइटी कलसाइनको जहाज जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए ।उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।

जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्याे । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।

तारा एयर सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।

भर्खर प्राप्त खबर अनुसार नेपाल आर्मीकाे M1 17 हेलिकप्टर काठमाडौबाट पोखरा गएको छ जोमसोमबाट खोजिको लागि पठाएको अर्को हेलिकप्टरबाट मौसमको प्रतिकुलताका कारण खोजिकार्य गर्न नसकेर फर्किएको हो । सामाजिक सन्जालमा पुराना दुर्घटनाका फेक फोटोहरू अनावश्यक भाईरल गरिएको छ । source .Ap1

प्रतिक्रिया दिनुहोस्: