Worldlink Communications

तारा एयर दुर्घटना प्रती एमाले गण्डकी द्वारा दु:ख ब्यक्त

जेठ १६,पोखरा

ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले हिजो भएको जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त गरेको छ।

एमाले गण्डकी प्रदेश कमिटीले सोमबार एक शोक बिज्ञपति जारी गर्दै दुर्घटनामा निधन हुने सम्पुर्णमा श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बिह्वल परिबारमा हार्दिक समबेदना प्रकट गरेको छ ।

अध्यक्ष नबराज शर्माद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा हिजो बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N- AET.DHC-6 ट्विनअटर विमान मुस्ताङको थासाङ गाउपालिका वडा न २ स्थित मानापाथी हिमालको फेदि सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दल सहित सबार सम्पुर्ण यात्रुहरूको दु:खद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ।

बिज्ञप्तीमा यस्ता खाले हवाइ दुर्घटनाले नेपालको हवाइ क्षेत्रको सुरक्षा र बिश्वस्नियतामा चुनौती खडा गरेको भन्दै नेपाल सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ।

प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: