Worldlink Communications

कास्की जिल्ला समन्वय समितिको निर्वाचन मा एमालेको प्यानल बिजयि

जेठ २०, पोखरा

कास्की जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा चुनावको मत परिणाम अनुसार एमाले को तर्फबाट पूरै प्यानल विजयी भएको छ।

बैशाख ३० गते भएको स्थानीय चुनावको परिणामअनुसार कास्की  जिल्ला समन्वय समिति का पदाधिकारीहरुको ाााााााााााााााााााााााााााााााााा  चुनाबमा  सबै एमालेका उम्मेदवार हरू बिजयी  हुनुभएको छ।

विजयी हुनेहरुमा जिल्ला समन्वय समितिको प्रमुख,अध्यक्षमा लिलाधर पौडेल, उपप्रमुख,उपाध्यक्षमा-सरिता माल हुन्छ भने खुला सदस्यहरुमा राजु अधिकारी,बालिका सुवेदी, हर्कबहादुर गुरुङ तथा अल्प संख्यकमा गणेश बादुर घर्ती जि सि र महिला सदस्यहरुमा सीतादेवी बि क, लक्ष्मी दमै र सुकमाया नेपाली विजयी हुनुभएको छ।

स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका को कार्यपालिकामा गठबन्धनको बहुमत छ जसमा २४ सिट गठबन्धनको, ८ सिट एमालेको र १ सिट स्वतन्त्रले बिजय हासिल गरेको छ।

पोखरा नगरसभामा एमालेको बहुमत छ जसमा ८९ सिट एमाले ले जितेको छ भने गठबन्धन को ८१ सिट प्राप्त गरेको छ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: