Worldlink Communications

लैङ्गिक हिंसाविरुद्ध पुरुषहरूको एकेबद्धता महिला पुरुषं समचेतना कार्यक्रम चण्डीका आमा समूहद्वारा सम्पन्न

जेठ २३, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर १६ को चण्डीका आमा समूह द्वारा आयोजित र सहयोगी संस्था पोखरामा नगरपालिका द्वारा संचालित लैङ्गिक हिंसा विरुद्ध पुरुषहरूको एकबद्धता महिलापुरुष समचेतना कार्यक्रम मझेरी बैंक्युट मा सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका को उपमेयर मञ्जु गुरुङ आउने भनिएपनि अस्वस्थता का कारण आउन नसके पछि बिशिस्ट अतिथी  पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्षको अमृत तिमिल्सिना लगायत अतिथिहरुमा सदस्य रामचन्द्र आचार्य, रामकाजी गुरुङ, मन्जु नेपाली, रामकुमारी बानियाँ र निवर्तमान वडा अध्यक्ष जिबन प्रसाद आचार्य ,गोमादेवी गौतम अधिकारी,मेयर मान थापा लगायतको आतिथ्यता गर्नु भएको थियो।

कार्यक्रमको अध्यक्षता चण्डीका आमा समुहकी अध्यक्ष लक्ष्मी अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि संस्थाका सचिव मीना थापाले ली सञ्चालन गर्नुभएको थियो । सचेतना कार्यक्रममा उपस्थित सम्पूर्ण महिला दिदि बहिनि तथा दाजुभाई हरुलाई कानूनी व्यवसायी महिला मानव अधिकार मञ्चकी पूर्वअध्यक्ष जानकी शर्माले कानुनी प्रशिक्षण र्को दिनुभएको थियो थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले हिंसा महिलाले महिलालाई गरेको छ भने महिलाद्वारा पुरुषलाई पनि उनी गरेको छ पुरुसले महिलालाई पनि गरेको अवस्था छ तसर्थ सबैले सबैलाई सम्मानपूर्ण व्यवहार गर्न सकेको खण्डमा कोही कसैबाट पनि अपमानित  हुनु पर्दैन भन्नुभयो। विशेष गरी पारिवारिक रूपमा हिंसाहरू बाहिर नदेखेको भए पनि बुझ्न सकिन्छ तर त्यो बाहिर आउन सकेको छैन जसले गर्दा महिलाहरु पनि र पुरुषहरू पनि हिंसामा परेको बताउनुभएको थियो। कार्यक्रमको व्यस्तता बताउँदै अध्यक्ष आफ्नो मन्तव्य राखेर बिदा माग्नु भएको थियो।

त्यसको लगत्तै नव निर्वाचित जनप्रतिनिधिहरु क्रमश रामचन्द्र आचार्य, मन्जु नेपाली, रामकाजी गुरुङ, राजकुमारी बानियाँले लैङ्गिक हिंसा विरुद्ध पुरुषहरूको एकबद्धता महिलापुरुष समचेतना कार्यक्रमको बारेमा प्रस्ट पार्दै बोल्नुभएको थियो ।

भूतपूर्व जिल्ला समन्वय समिति कास्की का सदस्य गुमा अधिकारी गौतमले महिलाहिंसा मात्र हुने गरेको छैन महिलाले महिलालाई पनि हिंसा गरेको देखिन्छ पुरुषले महिलालाई र आजभोलि त महिलाले पुरुष लाई अझै धेरै हिसा गरेको विषयहरु छरपष्ट देखिएको यो अवस्थामा सबैले सबैलाई सम्मान गरेर अगाडि बढ्न सक्ने वाता वरण बनाउन को लागि नै यो कार्यक्रम आयोजना गरिएको हो भन्ने मैले ठानेकी छु भन्नुभयो।

त्यसैगरी ढिलोगरी आउनुभएको पोखरा महानगरपालिका वडा नं १६ का  भुतपूर्व वडाध्यक्षको जीवनप्रसाद आचार्यले  मानिसहरू भन्ने गर्छन् नबुझेको परिवारमा अर्थात् आम्दानी कम भएको परिवारमा अर्थात तल्लो वर्गका जातिहरुमा मात्र महिला हिंसा छ भनेर भनिएपनि भित्रभित्रै ब्राह्मण क्षेत्रीहरूको घरमा भुसमा आगो सल्के झैं महिला हिंसाहरु बढेको देख्न र सुन्न पाइन्छ विशेषगरी महिलाहरु सहनशील भएकोले नै नदेखिएको जस्तो लागेको हुनसक्छ  तर हरेक घरमा हरेक परिवारमा महिला हिंसा भएको देखिन्छ अनि सुनिन्छ भन्नुभयो।

कार्यक्रम मा उपस्थित सम्पूर्ण दिदीबहिनी दाजुभाईहरुलाई कानुनी परामर्श दिनको लागि कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि प्रशिक्षण कानुनी सचेतना परामर्श दिनको लागि कानुन व्यवसायी महिला मानवअधिकार मन्च कि पूर्वअध्यक्ष जानकी शर्माले कानुनी प्रशिक्षण दिनुभएको।

कार्यक्रमको अन्तमा चण्डीकाआमा समुहकी अध्यक्ष एवम् आजको कार्यक्रमको अध्यक्षता गरिरहनुभएकि लक्ष्मी अधिकारीले कार्यक्रम समापन गर्नुभएको थियो ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: