Worldlink Communications

अख्तियारले चुनाब जितेका चार जनप्रतिनिधिलाई निलम्बन पत्र

जेठ २५

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कानून अनुसार निलम्बन गराउन भनेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई भनेको हो।कैलाली जिल्ला, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलगायतलाई निलम्बन गराउन पत्र पठाएको छ। वडा नम्बर २ का अध्यक्ष हुँदा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भनी विशेष अदालतमा आरोपपत्र दर्ता भए अनुसार नै कार्बाही भएको हो।

मोहन्याल गाउँपालिका ३ का अध्यक्ष नन्दराम गिरीलार्ई पनि उहा विरुद्धका अन्तिम मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित गर्न आयोगले भनेको छ। उहाँ विरुद्ध अघिल्लो कार्यकालमा विशेष अदालतमा आरोपपत्र दर्ता भएकामा अन्तिम फैसला हुन बाँकी छ।

नुवाकोट, विदुर नगरपालिका–९ का अध्यक्ष हरिराम भण्डारीलाई पनि निलम्बन गर्न भनिएको छ। भण्डारी सो नगर पालिकामा पर्ने सुरक्षण माध्यमिक विद्यालयका प्रधानाध्यापक हुँदा विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

अछाम जिल्लाको पञ्चदेवल विनायम नगरपालिका–७ मा निर्वाचित हुनुभएका सुरतबहादुर रावललाई पनि पदमुक्त गराउन भनिएको छ।सोही नगरपालिका–७ मा रहेको कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक रावलले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा बहाल भएको कसुर ठहर भएर रु पाँच हजार जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: