Worldlink Communications

जिल्ला समन्वय कास्किको पदस्थापना 

जेठ २५, पोखरा

जिल्ला समन्वय समिती कास्कीका नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ।

पदस्थापना कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरका पूर्ब मेयर मानबहादुर जि सि ले सहिनीति नियम साथै समृद्धिको अभियानलाई यात्रालाइ अघि बढाउन नयाँ समितिलाइ आग्रह गर्दै जन प्रतिनिधि हरुको सस्था सफल हुनुपर्ने बताउनुभयो।

नब निर्बाचित समन्वय प्रमुख लिलाधर पौडेलले कास्की जिल्ला समन्वय स्थानिय तह निर्बाचन २०७९ मा हामिलाइ मतदान गरि बिजय गराउनु हुने सम्पुर्ण मतदाता हरु प्रतिस्पर्धाको अबशर प्रदान गर्ने आफ्नो पार्टी ने क पा (एमाले) ,पार्टी नेताहरु अहोरात्र खटिने कार्यकर्ता ज्यूहरु , निर्बाचन सफलता पुर्बक सम्पन्न गर्ने निर्बाचन आयोग ,कर्मचारी ,सुरक्षाकर्मी ,संचारकर्मी ,पर्यवेक्षणमा खटिने पर्यबेक्षकहरु सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्नु भएको थियो।

पदस्थापना कार्यक्रमको आयोजना गरि जिम्मेवारी हस्तान्त रण गर्नुहुने जि स स कास्किका निबर्तमान पदाधिकारी तथा सदस्यहरु ,प्रमुख अतिथी पोखरा महानगरका निबर्तमान प्रमुख मान बहादुर जि सि ,सम्पुर्ण अतिथीहरु कर्मचारीमा कृतज्ञता ज्ञापन गर्दै सबै को  प्रतिनिधित्व गर्दै बिश्वासलाई भरोसामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

पौडेलले  जनताको बिश्वासलाइ कहिल्यै कुठाराघात नगरी सत्य ,इमान्दारिता, निष्ठाका साथ कास्किको समृद्धिको अभियानलाई आफ्नो ठाउँबाट नयाँ उचाइ प्रदान गर्न पुर्ण प्रतिबद्धता ब्यक्त गर्दछौ भन्नुभयो ।साथै बिजयी पश्चात् आफुहरुलाइ बिभिन्न माध्यमबाट शुभकामना, सल्लाह ,सुझाब प्रदान गर्नुहुने सबै सबैमा हार्दिक आभार ब्यक्त गर्दछौं भन्नुभयो।

कार्यक्रममा निबर्तमान कास्की समन्वय प्रमुख बैन बहादुर अधिकारीले नब निर्बाचित टिमलाइ शुभकामना दिदै उत्कृष्ट कास्की फेरि पनि उत्कृष्ट हुने भन्दै त्यसको सहयोगका लागि आफुहरु हरहमेसा तयार रहेको बताउनुभयो।

कार्यक्रममा एमाले कास्किका उपाध्यक्ष तेज नारायण अधिकारी , कास्किका पुर्ब जिल्ला बिकास समितिका सभापति पुण्य पौडेल ,कास्किका पुर्ब जिल्ला बिकास समितिका उप सभापति श्रीनाथ बराल ,कास्की समन्वय उप- प्रमुख सावित्री तिमिल्सिना , नव निर्बाचित उप प्रमुख सुनीता माल लगाएतले बोल्नुभएको थियो ।

निबर्तमान जिल्ला सभा सदस्यहरुलाई सम्मान सहित बिदाइ गरिएको सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी नबराज बरालले जिल्लामा समन्वय समितिको काम कर्तब्य र अधिकारको बारेमा प्रकाश पार्नु भएको थियो।

पदस्थापना लगत्तै प्रमुख पौडेल सहित समितिका पदाधिकारी सदस्यहरुले पोखरा ७ स्थित पुष्पलाल पार्कमा कम्युनिस्ट पार्टिका संस्थापक पुष्पलाल्को शालिक, पोखरा १६ स्थित मदन आश्रीत पार्कमा मदन भन्डारी र जिबराज आश्रीत्को शालिक , पोखरा १८ स्थित सहिद पार्कमा रबिन्द्र अधिकारिको शालिक ,महेन्द्रपूलस्थित सहिद भिमसेन दाहालको शालिक र पोखरा ७ स्थित सहित झपिन्द्र कार्किको शालिकमा पुष्पार्पण सहित श्रदान्जली अर्पण गर्नु भएको थियो।

जिल्ला समन्वय समिती कास्किको आजनै बसेको प्रथम बैठकले अनुगमन तथा समन्वयलाई थप प्रभाबकारी बनाउनका लागि विभिन्न कार्यबिभाजन समेत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: