Worldlink Communications

शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ ले जनप्रतिनिधिहरुलाइ गर्यो सम्मान

जेठ २८ पोखरा

शुक्ला साहित्य प्रतिष्ठान द्वारा अक्षयकोष बृद्धि महाअभियान एवम् आजिबन सदस्य प्रमाण पत्र बितरण कार्यक्रम र नबनिर्बाचित जन प्रतिनिधि हरुलाई सम्मान कार्यक्रम कालिका बहुउद्देश्यीय भवनमा सम्मपन्न भयो ।

संस्थाका अध्यक्ष सुमन राज पौडेल को अध्यक्षतामा भएको कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष हरि बरुवालले सञ्चालन गर्नुभएको थियो। राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रम स्वागतम मन्तब्य नेत्र बहादुर बानियाँ गर्नुभएको थियो साहित्यप्रेमी सम्पूर्ण व्यक्तिहरुलाई स्वागत गर्दै आँफुले रचना गर्नुभएको कवितावाचन पस्किनु भएको थियो।

कार्यक्रमलाई छिटो र छरितो गरि सक्ने भए अनुसार पोखरा महा नगरपालिका वडा नम्बर १६ का वडादक्ष अमृत तिमिल्सिना ले आँफुलाई जिताएर मात्र आफ्नो जिम्मेवारी पूरा भएको नठान्नु हुन विभिन्न संघसंस्थाहरुमा आबद्ध रहनु भएका व्यक्तिहरुलाई सुझाउनु भएको थियो यसैक्रममा आफू पनि यस संस्थाको आजीवन सदस्य बन्न मन लागेको भन्दै २५०० रुपैया दिएर सहयोग र सदस्य बन्नु भएको थियो।

त्यस्तै गरी संस्थाका सल्लाहकार सुवास बाबु अधिकारीले यति राम्रो गरिमामय कार्यक्रमलाई उपस्थितिको दृष्टिकोणले सारैनी फितलो भएको गुनासो गर्नुभएको थियो यसो हुनुमा आफू पनि दोषी रहेको महसुस गराउँदै जिम्मेवार पक्षले आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्दा सामान्यतया जिम्मेवार सदस्य साथीहरुको पनि अनुपस्थित हुनु सारै दुःखलाग्दो कुरा हो भन्नुभएको थियो।

पोखरामा नगरपालिका वडा नम्बर १९ का वडादक्ष पुस्पेन्द्र पाण्डेले मलाई जिताएर ठूलो जिम्मेवारी को भार बोकाउनु हुने आदरणीय दाजुभाइ दिदीबहिनी सबैलाई धन्यवाद दिनुभएको थियो भने यो जिम्मेवारी को बोझ भार धेरै नै  गरुङगो हुने हुँदा सबैले सबैको अआफ्नो तर्फबाट सहयोग गरेर नै वार्ड को बिकास हुने आपेक्षा गर्नुभएको थियो भने मलाइ हिजो जजस्ले थिए जे जे भन्नुहुन्थ्यो आज पनि म त्यहिँ हो त्यही तरिकाले हेर्नु हुन पनि अनुरोध गर्नु भएको थियो । यसैसन्दर्भमा वडादक्ष पुस्पेन्द्र पाण्डेले  यस संस्था लाई २५हजार २५ रुपैया  सहयोग गरेर संस्थाको आजीवन सदस्य बन्नु भएको थियो।

अक्षय अक्षय कोष तथा आजीवन सदस्यता प्राप्त गर्नुहुने आदरणीय व्यक्तित्वहरूलाई कार्यक्रमका अध्यक्ष सुमन राज पौडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो प्रमाण-पत्र पाउनेहरूमा

जयराम पौडेल पौडेल ११०००, ऋिधरकाफ्ले ५५५५,लोकराज बस्नेत ५५५५, दुर्गा थापा २६५०५,बल बहादुर थापा २५०१०,सबिन जि सि १०००५,डा.पुस्पा के सि भण्डारी १००००,भजन उपसमिति बाट २५०००, राजेन्द्र प्रसाद आचार्य बाट५५५५,रोसन जङराजबाट ५००५, नेत्र बहादुर बनिया बाट २५००, लगायत सबै को सहयोग बाट यस संस्थामा  करिब ६लाख रुपैयाँ भन्दा वढि अक्षयकोषमा जम्मा हुन आएको कार्यक्रम सञ्चालक हरि बरुवाल बताउनुभएको थियो।

कार्यक्रमको अन्तमा पोखरा महानगरपालिका वडा नम्बर १६ र वडा नम्बर १९ का नबनिर्बाचित जनप्रतिनिधिहरुको आगामी पाँच वर्षे कार्यकाल सुखद बनोस् जनताको काम गर्न सक्ने क्षमता बढोस् भन्दै  कार्यक्रमको अध्यक्षता गरिरहनुभएका सुमनराज पौडेलले अबिर टीका लगाइ मायाको चिनो ले सम्मान गर्नुभएको थियो।

कार्यक्रमको अन्तमा कार्यक्रममा उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई सम्मान व्यक्त गर्दै जनप्रतिनिधिहरुलाइ विभिन्न बाहना बनाएर काम नगर्ने  छुट छदैछैन भन्नु हुदै तपाईहरु को यु ग विकासको युगमा प्रवेश गर्नुभयो अब मिलेर विकास गर्नुपर्छ त्यो पनि जनताको निम्ति भन्दै शुभकामना व्यक्त गर्दै आजको कार्यक्रम विसर्जन गर्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: