Worldlink Communications

छैटौं हेम्जा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता हिजोबाट सुरु

असार ६ पोखरा

पोखरा महानगरपालिका २५ मा विभिन्न क्षेत्रमा सक्रिय रूपले काम गर्दै आएको हेमजा युनाइटेड क्लबको अयोजनामा हिजो देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रमुख अथितिको रुपमा प्रतियोगिताको उद्घाटन उद्घाटन गर्दै हेमजामा खेल क्षेत्रको विकासका लागि सबै संगै बसेर छलफल गर्ने बताउनुभयो। उहाले पोखरा महानगरपालिका मेयरले  रगंशाला भन्दा बाहिर पनि ठुला प्रतियोगिता सम्भव हुन सक्छ भन्ने सन्देश दिएको शुभकामना गोल्डकप आयोजकहरुले दिनुभएको भएको मा खुसि ब्यक्त गर्दछु भन्नुभयो।

आगामी दिनमा पनि यस हेम्जा सुभकामना गोल्डकपलाइ निरन्तरता दिन समेत आग्रह गर्दै प्रतियोगिता एक पटक गरेर हराउँने भएको ले यसलाई निरन्तरता दिनका लागि महानगरले पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

८ दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन र आयोजक  टिम हेेम्जासहित ८ टिमको सहभागिता रहने छ । स्मरण रहोस् हेम्जा  युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय खेलकुद को लिग विजेता टिम समेत हो। यस गोल्डकप  प्रतियोगि ता को मुख्य प्रायोजकको रुपमा नेपाल आइस रहेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: