Worldlink Communications

सातौं इक्यान शैक्षिक मेलाको तयारी तिव्रगतिमा

असार १८ पोखरा

पोखरामा हुने २४ र २५ गते हुने ‘सातौं इक्यान शैक्षिक मेला’ को तयारी तिव्रगतिमा हुदै छ ।

इक्यान कास्की का रमेस थापाले मेलाकोे लागि थोरै समय बाँकी भएकोले तयारीलाई तिव्रगतिमा लैजान परेको बताउनुभयो । नेपाल शैक्षिक परामर्श संघ कास्कीको आयोजनामा हुने शैक्षिक मेला आगामी २४ र २५ गते पोखरा सभागृहमा हुदैछ । शैक्षिक मेलाको लागि स्पोन्सर, प्रोमोटर, सर्पोटर, स्टल बुकिङ लगायतका विषयको छलफल अन्तिम चरणमा पुगेको पनि थापाले बताउनुभयो ।

नेपाली विद्यार्थीहरुको  योग्यता र उनिहरूको भावी सम्भावना र अवसरहरुको परामर्श लिन इक्यान शैक्षिक मेला उपयुक्त माध्यम हो सबै कन्सल्टेन्सीले सबै देशका कलेजहरुको बारेमा जानकारी गराउँदैनन् । तसर्थ पाँच सात दिन लगाएर कन्सल्टेन्सी धाउनुभन्दा एकै छानामुनि ४० वटा स्टल रहने यस मेलामा विद्यार्थीहरुले दुई र तिन घण्टामा आफुले चाहेको देश र कलेजहरुको बारेमा पु जानकारी लिएर फाइदा लिन सक्नेछन भन्नुभयो।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श लिन इक्यान फेयर उपयुक्त माध्यम हो ।विदेशमा पढाई हुने कोर्ष, कलेज फि, होस्टेल फि, लागत लगायत विभिन्न देशको भिसा नीतिको बारेमा मेलामा जानकारी गराईनेछ। एकै छानामुनि ४० वटा स्टल रहने यस मेलामा विद्यार्थीहरुले दुई र तिन घण्टामा आफुले चाहेको देश र कलेजहरुको बारेमा भरपुर जानकारी लिएर फाइदा लिन सक्ने थापा ले बताउनुभयो।

निःशुल्क रुपमा प्रवेश गरी परामर्श लिन सकिने मेलामा विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको समेत उपस्थिति रहने हुनाले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सत्यतथ्य कुराहरु जानकारी लिन सजिलो हुने थापा ले जानकारी दिनुभयो ।

प्रचारप्रसार संयोजक कमलनाथ बरालले मेलाको अन्य कामसँगै प्रचारप्रसारको काम पनि तिव्र पारिएको बताउँदै मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजि ल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मिन, नर्वे, स्वीडेन, फिनल्याण्ड आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेश लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने जानकारी दिनुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: