Worldlink Communications

बिन्ध्यबासिनी क्याम्पस पोखरा १६ ले चौथो अधिवेशन सम्पन्न: अध्यक्ष दान बहादुर बानियाँ

असार १८ पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ मा अवस्थित श्री बिन्धीबासिनी  क्याम्पसले आफ्नो नवौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमा पुनः दान बहादुर बानिया नै अध्यक्षता मा १३ सदस्य कमिटी निर्माण गरिएको थियो ।

आज बिन्धीबासिनी निजी विद्यालयको सभाहलमा भएको नवौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन को कार्यक्रम क्याम्पस का अध्यक्ष दान बहादुर बानियाको अध्यक्षतामा भएको थियो। कार्यक्रम को प्रमुख आथित्यता गण्डकी प्रदेशका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री माननीय कुमार खड्काले गर्नु भएको थियो भने बिषिस्ट अतिथि को आतिथ्यता प्रदेशका कानुन तथा न्याय प्रदेश मामिला मन्त्री माननीय विन्दुकुमार थापा ले गर्नु भएको थियो भने कार्यक्रमलाई सब्य र भव्य बनाउनको लागि विद्यालयका शिक्षक भिम गायकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा अतिथिहरुलाई सम्मानमा खादा लगाइ  राष्ट्रिय गान बजाइ  सरस्वतीको तस्बिरमा पुष्पाअर्पण  गरी सुरु गरिएको सो कार्यक्रम मा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत मन्तव्य समितिका उपाध्यक्ष चित्रबहादुर थापाले गर्नुभएको थियो।

क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पसका क्याम्पस प्रमुख  बिजय शर्मा ले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको बिचबिचमा विभिन्न किसिमका कौडा गीतहरूमा नृत्य, लोक गित हरुमा न;त्य लोक, संगीत गायन लगायत मारुनी गीतहरू गाएर रमाइलो गरिएको थियो।

संस्थाका संस्थापक क्याम्पसका प्रमुख नरहरि भट्टराईलाई कदरपत्र, पूर्व क्याम्पस प्रमुख झरना खड्का केसीलाई कदर प्राप्त ,अक्षयकोष दाता भोजबहादुर मिना कुमारी गुरुङ गुरुङलाई सम्मान पत्र, पवित्र प्रेम नारायण माधवी स्मृति अक्षय सम्मानपत्र, छात्रवृत्ति दाता शिवप्रसाद शुभद्रा तिमिल्सिना व्यवस्थापनका छात्रावृत्ति अक्षयकोष सम्मानपत्र, छात्रवृत्ति दाता दुर्गा के सी थापा सम्मानपत्र, प्रकाश रश्मि सिग्देल अक्षयकोष ,उप प्रध्यापक श्री भोज बहादुर थापालाई सम्मान तथा प्रशंसापत्र ले सम्मान गरिएको थियो।

शुभकामना मन्तब्य दिनेहरुमा सेन्टरको तर्फबाट संस्थाका संस्थापक सदस्य सालिग्राम भट्टराई ले दिनुभएको थियो। पोखरा महानगर पालिका का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफ्नो शुभकामना मन्तव दिनुभएको थियो। भने विभिन्न संघसंस्था हरुको तर्फबाट सुरेशमानन्धर कन्या क्याम्पस प्रमुख त्यसको लगत्तै शुभकामना मन्तब्य सोही क्याम्पसका संरक्षकहरुको तर्फबाट प्रधानध्यापक कृष्ण प्रसाद आचार्यले सुभकामना मनतव्य राख्नुभएको थियो।

विशिष्ट अतिथिको आसनबाट गण्डकी प्रदेश कानुन न्याय तथा प्रदेश मामिलामन्त्री मान्य विन्दुकुमार थापाले आफ्नै क्षेत्र भित्र रहेको यस क्याम्पसको हरेक पक्षलाई आफूले नजिकबाट नियालेको र कहाँबाट के गर्नुपर्छ सल्लाह गरे अनुसार सबै मिलेर यसको बृहत्तर हितको काम गर्नुपर्छ प्राविधिक शिक्षाको विकासमा के कसरी अगाडि बढ्न सकिन्छ सबै सग कुरा गरेर अगाडि बढ्ने कुरा बताउनुभएको थियो।

येस्तै गरि कार्यक्रमको प्रमुख अतिथिको आशनबाट गण्डकी प्रदेश भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री माननीय कुमार खड्काले हामी सबै मिलेर अगाडि बढ्नुपर्ने शिक्षा सबैको लागि आत्मसाथ गरेर पढन पाउनु पर्छ यसकोलागि quality education मा जोड दिनुपर्छ ।प्रमाणहरुले के सोच्छन् भन्ने भन्दा पनि दाइत्व के हो कसरी वास्तविक जीवनलाई अगाडि वढाउन सकिन्छ भन्ने बिषयनै शिक्षा हो  भन्ने कुराहरु भाषण गरेर भन्दा पनि काम गरेर ब्यबहार मा नै देखाउन सक्नुपर्छ भन्नुभयो ।

अहिले विद्यालयहरुमा ए ल्पस ल्याएको विद्यार्थी अर्थात विद्यालय उच्च हो राम्रो हो गुणात्मक हो भनेर व्याख्या विश्लेषण गरिएको पाइन्छ तर यो हुदै होइन बरु यो विद्यालयबाट  उत्पादन भए गरेका बाहिर कहाँ कहाँ के कसरी आफ्नो जीवन बिताएका छन  बनाएको छन त्यसको खोजी गरिँदैन जबसम्म यस्तो खोजी गरिदैन तबसम्म  ए ल्पसले मात्रै केही हुँदैन भन्नुभयो बिन्धीबासिनी क्याम्पस ले निकाले का उत्पादनहरु कहाँ पुगेका छन् यी सबै बिषयहरुको खोजी हुन जरुरी छ उनीहरूले कस्तो किसिमको बजार बनाएका छन् कस्तो किसिमको मानप्रतिष्ठा मा आफ्नो जिबन पुर्याएका छन् भन्ने विषय विद्यालयमा लेखाजोखा र हेक्का राखेको हुनुपर्छ र मात्र शिक्षामा एकरुपता को ल्याएको देखिन्छ।

मन्त्री खड्काले जहिलेपनि भन्दै आउनुभएको शिक्षा रोटीका लागि खानाको लागि आमाको लाज छोप्न को लागि हुनु हुँदैन हुनसक्दैन भन्नुभयो ,इतिहासको निर्माताहरु ले असल शिक्षा दिन सकेनन भन्दै आफ्नै उदाहरण स्वरुप मैले इन्जिनियरिङमा डिप्लोमा पढेको छु तर मेरै घरको फ्युज फेर्न सक्दिन भने यो शिक्षा कस्तो खालको शिक्षा दिदै आएको छौ भन्दै नजिकै इन्जिनियरिङ कलेजका प्रमुख लाइ देखाउँदै उहाँले भन्नुभयो एकलाख सुन पिटेर एक महिना मा  कमाउछ तो पनि बिदेशीले हामीले त्यो शिक्षा किन दिन र लिन सक्दैनौ भनेर व्यंग्यात्मक प्रस्न गर्दै आगामी दिनमा सम्बन्धी यस्ता विषयमा अलि गम्भीर भएर प्राविधिक विद्यालयहरु क्याम्पस हरु खुल्दै शिक्षा दिँदै गरियो भने जिवन उपयोगी बन्ने  तर्क मन्त्री कुमार खड्काले राख्नु भएको थियो।

आज सम्पन्न बिन्धाबासिनी क्याम्पस को नया वनेको समिति मा अध्यक्ष – दान बहादुर बानिया र सदस्य हरुमा नरनाथ भट्टराई , मेहरमान थापा, जगन्नाथ तिमिल्सिना , बिनोद अधिकारी, बसन्त तिमिल्सिना ,बिष्णु नेपाली, मोहन सुनार, दुर्गा के सि, नबिन अधिकारी, गणेश थापा , उषा बरुवाल लगायत १३ सदस्य बनेको समिति का सम्पुर्ण सदस्यहरु सर्बसम्मत हुनुहुन्छ  ।

कार्यक्रमको अन्त्य गर्दै  विन्ध्यवासिनी क्याम्पस का  अध्यक्ष दान बहादुर बानियाँ ले क्याम्पस को बृहत हितको निम्ति सबैको उत्तिकै चासो हुनुपर्ने भन्दै सबै विद्यत् वर्गहरुलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो यस क्षेत्रमा रहेको एक मात्र सामुदायिक क्याम्पस लाई सबैले माया ममता गर्दै यहाँसम्म आएको वास्तविकता घाम झैं छर्लङ्ग छ भन्ने बिषयलाइ  बताउँदै आगामी दिनमा समिति ले अझै राम्रो काम गर्ने विश्वास सबै लाइ दिलाउन ु भएको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: