Worldlink Communications

आगामी पुस्तालाई नैतिकताको पाठ सिकाउँदै अर्थमन्त्रीले दिनुभयो राजीनामा

असार २२ पोखरा

संघीय सरकार का अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय निष्पक्ष छानबिन होस भन्ने भावनाले समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

प्रतिनिधि सभामा आर्थिक  बजेट विनियोजनको सन्दर्भमा सम्बन्ध नै नभएका व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न को लागि संसदीय छानविन समिति गठन गरेको लगत्तै राजिनामा दिनुभएको हो । स्मरण रहोस् उक्त संसदीय समिति मा ११ सदस्यीय रहेको छ ।

संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराए । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य हुनुहुन्छ ।

समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने कानुनी व्यवस्था  मिलाइएको छ ।समितिलाई १० दिनको समयावधि उपलब्ध गराइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: