Worldlink Communications

CCTV जडान उद्घाटन कार्यक्रम सम्पन्न

असार २५, पोखरा

पोखरामा महानगरपालिका  वडा नम्बर १६ का बिभिन्न  चोक मा CC क्यामेरा जडान गरिएको छ। CC क्यामेरा जडान गरिएको जानकारी कार्यक्रम आयोजक तथा CC क्यामेरा जडान समितिकी अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा बगरको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित सुरक्षा व्यवस्थापन भवन( सीआर बी ) प्रहरी बिट अमला बिसाउनी पानी टंकीमा CCTV उद्घाटन तथा स्थानीय निर्वाचन बाट नवनिर्वाचित महानगरपालिका वडा प्रतिनिधि हरुलाई बधाई एवं स्वागत कार्यक्रम गरिएको थियो।

कार्यक्रम को अध्यक्षता सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका अध्यक्ष श्रीराम भूषण पराजुलीले गर्नुभएको थियो भने प्रमुख अथितिको आसन ग्रहण जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी ले गर्नुभएको थियो कार्यक्रमलाई भव्य र सभ्य बनाउन को लागि संस्थाका सहसचिव दुर्गा दत्त  भुगाइ ले सन्चालन गर्नुभएको थियो।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ बगरले २०५९ चैत्र १९  गते विधिवतरुपमा संस्था स्थापना भएको र विभिन्न समयमा आउने समस्या विकृति विसंगति विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको व्यहोरा सर्वविदितै छ।

यसै अन्तर्गत यस सेवा माताहतमा रहेर केन्द्रको पहल तथा पोखरा महानगरपालिका वडा नम्बर १६ का निवर्तमान अध्यक्ष जिबन प्रसाद आचार्य को पालामा विनियोजन भइ छुट्टाइएको सहयोगमा शान्तिसुरक्षा सडक सुरक्षा लगायत अवाञ्छित प्रविधिहरूको निगरानी समेत गर्नका लागि प्रविधिको प्रयोगको प्रयोजनार्थ सीआरबीटी वन लामाचौरमा कन्ट्रोल रुम स्थापना गरी मैदान चोक पानीटंकी चोक लामाचौरी चोक जम्मा चार ठाउँमा ४ वटा सिसी क्यामेरा जडान गर्ने कार्य सम्पन्न गरेको जानकारी गराइएको थियो।

कार्यक्रमलाई शुभकामना मन्तब्य आमा समूहका अध्यक्ष को तर्फबाट विभिन्न संघसंस्थाको तर्फबाट जिल्ला समन्वय तर्फबाट सामुदायिक प्रहरी सेवा केन्द्र का सल्लाकार  मध्येबाट चित्र बहादुर थाप, रेस्मा अधिकारी शेरचन लगायत  १६ का निवर्तमान अध्यक्ष जीवन प्रसाद आचार्य  त्यस्तैगरी  नबनिर्बाचित  १६ का अध्यक्ष अमृत तमिल्सिना र १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे ले सुभकामना मनतव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि  नयब उपरीक्षक सुन्दर तिवारि ले सबै वार्ड  हरुम यसैगरी हरेक चोकमा CC TV राख्दा घटनाहरु कसरी घट्छन्  तिन को कारणहरु सजिलै पत्ता लगाइ आगामी दिनमा घटने घटनाहरू न्यूनीकरण गर्नको लगि कोदोसि को निर्दोसि भन्न सकिने भएको भएको हुनाले चोकहरुमा यसरी CCTV राख्दा सबै प्रकार को सुरक्षा लिन र दिनको लागि हामिलाइ सजिलो हुने महसुस गरेको बताउनुभयो ।

पोखरामै पोखरा महानगरपालिका वाड नम्बर १६ ले सह्रानीय काम गरेको छ जुन कामले शान्तिसुरक्षा अमन चयन हुने विश्वासनिय काम गर्नुभएको छ । आगामी दिनमा हुने विभिन्न किसिमका चोरी डकैती दुर्घटनाहरु कम हुने विश्वास गर्द्छु भन्नुभएको  थियो। सो कार्यक्रम करिब १५० जना को उपस्थितिमा भएको थियो ।CC TV को काम भै सकेको हुनाले अबदेखि कोहिकसै बाट अबान्छित काम गरेमा कसैले छुट नपाउने जानकारी पनि गराइएको थियोे ।

-प्रकाश अधिकारी

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: