Worldlink Communications

पोखरा महानगर पालिका वार्ड न.१६ को आयोजनामा दलितमैत्री समृद्ध आर्जनको लागि आरन वितरण गरेको छ

असार २७, पोखरा

पोखरा महानगर पालिका वडा नम्बर १६ को आयोजना मा आज दलितमैत्री समृद्ध वडा निर्माण को लागि २०७८/२०७९  को बजेट मार्फत् लक्षित वर्गका १५ जना व्यक्तिहरूलाई आरन बितरण गरिएको छ ।

दलितमैत्री समृद्ध वडा आयआर्जन समितिका अध्यक्षको अध्यक्षतामा भएको सो कार्यक्रमको  प्रमुख अतिथि पोखरा महानगरपालिका वाड नम्बर १६ का वडाध्यक्ष अमृत तिमिल्सीना हुनुहुन्थ्यो भने  कार्यक्रमलाई  भव्य र सभ्य बनाउन को लागि जन निर्वाचित वडा सदस्य मन्जु बस्यालले संचालन गर्नु भएको थियो।

कार्यक्रममा करिब २०/२५ जनाको सहभागिता थियो । कार्यक्रमको सफलताकोलागि वार्ड सदस्य रामचन्द्र आचार्य, राजकुमारी बानिया र रामकाजी गुरुङले अआफ्नो सुभकामना मनतव्य राख्नुभएको थियो।

वडाध्यक्ष अमृत तिमिल्सिनाले आरन वितरण गरेर कार्यक्रम को बिधिवत उद्घाटन गर्दै आफ्नो मन्तब्य राख्ने क्रममा सदियौंदेखिको पुरानो पेशालाई धानेर आजसम्म आउनुभएका आदरणीय तपाईंहरूको पेशालाई आधुनिकीकरण गर्नकोलागि वार्ड ले महत्वपूर्ण भूमिका खेलेको विषयलाई नजर अन्दाज नगरि यस विषय लाइ महत्व दिँदै प्राप्त आधुनिक आरन बाट जिबनलाई सरल र सजिलो बनाउने नै छ भन्नुभयो ।

आगामी पुस्तालाई पनि यो पेशा पनि सम्मानित पेशा हो र यस बाट पनि जिबन लाइ अगाडि बढाउन सकिन्छ र सक्ने पेशाको रुपमा सबै ले सबै को निम्ति सोच बदल्दै गएमा भावी पुस्ताको लागि पनि राम्रो पेसा को रुपमा लिन थिए र सक्ने पनि थिए भन्दै यसलाई राम्रो सङ बुझ्न पनि अनुरोध गर्नुभएको थियो ।

आय आर्जनको मार्ग प्रशस्त गरि वाड बाट सदियौं देखि पुरानो तरिकाले आरन चलाउदै आफ्नो जिबन यापन गर्दै आउनु भएका दलित जातिलाइ वार्ड ले बितरण गर्न लाागेको आरनले पक्कै पानि उहाँहरुको जिबन सन्चालन मा  सरल र सजिलो बनाउने बिस्वास लिइएको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: