Worldlink Communications

आदिकवि भानुभक्त आचार्य को २०९ अौ जन्मजयन्तीको अवसरमा श्रवण तथा वाचन कार्यक्रम सम्पन्न

असार ३२, पोखरा

शुक्ला साहित्य प्रतिष्ठान पोखरा महानगरपालिका वडा नम्बर १६ ले कालिका बहुउद्देश्यीय को सभाहलमा २०९ अौ आदिकवि भानुभक्त आचार्य जयन्तिको अवसरमा श्रवण तथा वाचन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुमन राज पौडेल को अध्यक्षतामा सम्पन्न गरेको छ।

वार्षिक क्यालेन्डर मा नै तयार गरिएको कार्यक्रम अनुसार गरिएको कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लागि कार्यक्रम सञ्चालन प्रतिष्ठान काे सचिव गीता भण्डारिले गर्नुभएको थियो  । कार्यक्रम मा नरहरि भट्टराई,सुबास बाबु अधिकारी,मदन बहादुर खत्री,डा.गहेनदर मान उदास पोखरेलि, नरेन्द्र थापा, एकल महिला की अध्यक्ष दुर्गा थापा ,अग्निधर शर्मा, नेत्र बहादुर बनिया लगायत करिब ६०/७० जना साहित्य प्रेमी हरुको समउपस्थिति मा भएको सो कार्यक्रमको  स्वागत तथा उदघाटन भजन बाटै गर्नु भएको थियो।

सुक्ला साहित्य प्रतिष्ठान का उपाध्यक्ष दुर्गा बस्नेतले कार्यक्रमको भव्य र सभ्यता सहित आगन्तुक सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनुभएको थियो भने आदिकवि भानुभक्त आचार्यको बारेमा चर्चा सहितको समसामयिक जीवनीको चित्रण गरि रचना गरि उहाँकै लयमा कविता वाचन गर्नुभएको थियो।

गण्डकी आबसिय मावि लामाचौर कक्षा ७ मा अध्ययन गर्ने भाइ नइन्द्र बानियाले आदिकवि भानुभक्त आचार्यको परिचय आफ्नै शैलीमा दिनुभएको थियो।

त्यस्तैगरी शुक्ला साहित्य प्रतिष्ठानका सल्लाहकार शुबास बाबु अधिकारीले देशको समसामयिक परिबेश मा रहेर रचना गरेको कविता बाचन गरेर आदिकवि भानुभक्त आचार्यलाई सम्झनु भएको थियो।

शुक्ला साहित्य प्रतिष्ठान का संरक्षक मदन बादुर खत्रि ले आफ्नो स्वागत मन्तव्य राख्दै आदिकवि भानुभक्त आचार्यले नेपाल र नेपालीलाई गीत ,कविता र लयको सन्सार नै उपहार दिएर गएको नासो लाई हामीले जतन गरेको अनुभूति भएको छ भन्नुभयो।

शुक्ला साहित्य प्रतिष्ठान ले आयोजना गरेको कार्यक्रमका अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष सुमन राज पौडेल ले आदिकवि भानुभक्तलाई सम्झदै उहाँले नेपाली संस्कृती र पहिचानलाई जोगाउन त्यो समयमा पनि साहित्य विधामा आफ्नो साहित्यिक बिजन लाइ मजबुत तरिकाले छर्नु भएको ले आज भाषालाई हामिले माया गर्नपायका छौ भन्नुभयो। भानुभक्त आचार्य ले दिएको नासो हामिले आगामी पुस्तालाई हस्तान्तरण गर्नु पर्ने भएको आदिकवि भानुभक्त आचार्य का बारेमा जति व्याख्या गरे पनि नपुग्ने बताउनु भयो ।

समसामयिक परिवेशमा आदिकवि भानुभक्त कै जीवन सँग सम्बद्ध रहेर रचना गरिएको भानुभक्तकै शैलीमा सो रचना बाचन गर्नुभएको थियो  भने कार्यक्रममा उपस्थिति भएर कार्यक्रम को शोभा बढाई दिनु हुने सम्पूर्ण साहित्य प्रेमीलाई धन्यवाद दिँदै आगामी श्रावण १४ गते कालिका बहुउद्देश्यीय भवन मा शुक्ला साहित्य प्रतिष्ठान को अधिवेशन हुनेछ जुन अधिबेशन बाट जिम्मेवार नेतृत्वमा आउने बिस्वास गराउँदै कार्यक्रम समापन भएको  थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: