Worldlink Communications

पोखराका मेयर धनराज आचार्य को सम्पति सार्वजनिक:५० करोडको सम्पत्ति, ५ तोला हिरा र ५४ तोला सुन

साउन ४,पोखरा

पोखराका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। मेयर आचार्यले सार्वजनिक गर्नुभएको बिबरण अनुसार करिब ५० करोड सम्पति रहेको र त्यसमा २ करोड ८५ लाख ऋण रहेको उल्लेख गर्नुभएको छ ।

मेयर पदमा धारणा गरिसकेको व्यक्तिले ६० दिनभित्र आफ्नो सम्पति सार्वजनिक गर्नुपर्ने नियम भए अनुसार मेयर आचार्यले अाफ्नो ४ ठाउँमा घर जग्गा देखाउनु भएको छ । गरगहना मा आचार्यसँग ५ तोल हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको बिबरण प्रस्तुत गर्नुभएको छ ।

उहाँको अनुसार पोखरा -९ मा श्रीमती पुष्पाकुमारीको नाममा २८९ स्क्यार मिटर जग्गा र त्यसमा बनेका २ वटा घर । मूल्यः ९ करोड २५ लाख पर्छ ।

काठमाडौं सीता पाइला -०४ मा श्रीमती पुष्पाकै नाममा ९ सय २९ स्क्वायर फिट बराबरको २ कित्तामा घर, जग्गा । मूल्यः १ करोड ८५ लाख पर्छ ।

पोखरा–११ मा ३५ र ३६ कित्ताको जग्गा र घर मूल्य सहित ३ करोड ५० रुपैयाँ पर्छ।

दोलखा जिल्लामा ८ कित्तामा ५८ रोपनी ७ आना जग्गा मूल्यः ८७ लाख रुपैयाँ पर्ने जग्गा छ।

बैंक तथा आफूसँग गरी १५ लाख नगद भएको उल्लेख गर्नुभएको देखिन्छ। भने

२५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी  र २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर अहिले मौजात रहेको उल्लेख गर्नुभएको छ।

कुल सम्पत्तिः ४३ करोड ६१ लाख, ४५ हजार ६ सय १६ रुपैयाँ र केहि ऋणः( २ करोड ८५ लाख रुपैयाँ ) पनि भएको सो बिबरण मा उल्लेख गर्नुभएको छ।

ऋणबाहेकः ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ गरगहनामा ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी पनि भएको उल्लेख गर्नुभएको छ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: