Worldlink Communications

पोखरा महानगर सार्वजनिक जग्गा संरचक्षण अभियानमा

साउन ५,पोखरा

पोखरा ३३ मा अनधिकृत रुपमा कब्जा गरि बनाइएका २६ छाप्रा  पोखरा महानगरपालिकाले  भत्काएको छ अन्यत्र पनि क्रमस यस्ता अनधिकृत रुपमा कब्जा गरि बनाइएका  छाप्रा हटाइने । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले बताउनुभयो भने विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा छाप्रा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका का मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएकोनारायण प्रसाद शर्माले बताउनुभयो । उहाका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।

पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ति छाप्रा भत्काइएको महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले बताउनुभयो।अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमस भत्काउँदै लागिने बताउनुभयो। सार्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएको कतै पाइएमा  महानगरमा जानकारी गराउन समेत  महानगरवासीलाई आग्रहगर्नुभएयो ।

सुकुम्सबासी को नाममा हुकुमबासि ले जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाले आँफै यस्ता संरचना हटाउन पटकपटक आग्रह गरेको तर नगर पालिकाको  आग्रह लाइ बेवास्ता गरेकोले कानुन बमोजिम क्षेतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताउनुभयो । “अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं “। पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ भन्नुभयो।

यस बिसयमा मेयर धनराज आचार्य को आफ्नै खास जिम्मेवारी छ यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ भन्नुभयो ।

स्नमरण रहोस महानगर प्रहरी नायव निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरि अबैध रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: