Worldlink Communications

विपक्षको ससक्त विरोधलाइ बेवास्ता गर्दै नागरिकता बिधेयक पास

साउन ७,काठमाडौँ

गठबन्धन सरकारले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभा बाट पारित गरेको को छ । शुक्रबार दिनभरको छलफल पछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

विशेषगरी नागरिकता विधेयकको पक्षमा गठबन्धनका नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी संलग्न थिए । नेकपा एमाले,राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विरोध गरेका थिए। खासगरी एमालेले संशोधन नगरी पास गर्न नहुने अडान लिएको भएपनि सत्तापक्षले आफ्नो बहुमतको दबदबा देखाउदै नागरिकता बिधेयक पास गरेको हो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: