Worldlink Communications

हुलाक टिकटले देशको परिचय र पहिचान जोगाएको छ : मन्त्री थापा

साउन ७, पोखरा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले हुलाक टिकट ले देशको सभ्यता झल्किने बताउनु भएको छ । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रम मा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
कला, संस्कृतिको संरक्षण गर्दै एतिहासिक महत्वका विषयवस्तुलाई टिकट मार्फत झल्काउनु आफैमा महत्वपूर्ण काम हो । पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले एतिहासिक महत्व बोकेका टिकटहरुलाई संकलन गरी संरक्षण गरेको काम प्रशंसा गर्नुभयो ।

मन्त्री थापाले हुलाक टिकटहरुको संग्रह  को कार्यले पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास गर्नुभयो  । देश विदेशका विभिन्न टिकटहरुलाई संकलन गरी त्यसको महत्व दर्शिने गरी संग्राहलयको निर्माण गर्नुपर्ने र पर्यटक आकर्षणको नयाँ गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पश्चिमाञ्चल फिलाटेलिक समाजले गरेका सकरात्मक कामको लागि  गण्डकी सरकार  साथमा रहेको प्रतिबद्धता सहित प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्र.डा. याम बहादुर पौडेलले सोसाइटीले विश्वभरको सभ्यतालाई संरक्षण गर्ने दायित्वका साथ अगाडि बढीरहेको देख्दा खुशी लागेको बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले हुलाकका टिकट ले देश बोकि रहेको बताउनुभयो । डा.कुश्माकर न्यौपानेले असल कर्म गरेर जिउनु नै मानवीय धर्म भएको उल्लेख गर्दै हराउदै गएका चीजहरुलाई जोगाउने कार्य आफैमा महत्वपूर्ण भएको बताउनुभयो ।

क्षेत्रीय हुलाक निर्देशनालयका प्रमुख  साधना श्रेष्ठले टिकटले सामाजिक, सांस्कृति, प्राकृतिकगतिविधिलाई जिबन्ट राख्ने काम  गरिरहेको बताउनुभयो  । प्रो.डा.इन्द्र प्रसाद तिवारीले हुलाकका टिकटमा नै देशको पहिचान लुकेको  र संरक्षण गर्ने दायित्व सबैको भएको उल्लेख गर्नुभयो ।सोसाइटीका सचिव तुलसीराम खड्काले देश तथा विदेशमा छापिएका टिकटहरुको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सोसाइटीका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: