Worldlink Communications

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

साउन ८,पोखरा

पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव बीच आइतबार भेटघाट भएको छ  ।भेटघाट का क्रममा   पोखरा र भारतका विभिन्न सहर बीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरा मा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय  विमानस्थल  बाट भारत मा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ ।

पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेको भन्दै भारतको बनारस लगायत विभिन्न सहरमा नियमित उडान मार्फत पोखरालाई भारतसंग जोड्न चाहेको बताए । त्यसका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनको राजदूत श्रीवास्तवलाई आग्रह गरे । साथै प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोग प्रति आभार प्रकट गरे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकोले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा समेत प्रकट गरे । भारतीय राजदुत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसंग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने बताए । भारतले नेपालको राजधानी काठमाडौं पछि पोखरालाई धेरै महत्व दिएको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्: