Worldlink Communications

प्रथम महानगर मेयर सम्मेलन पोखरामा :धनराज आचार्य

साउन १०, पोखरा

“समुन्नत महानगर का निम्ति समन्विक विकास र साझेदारी” नाराका साथ महानगर हरु लाई जनउत्तरदायी बनाउनको लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न नवनिर्वाचित मेयर उपमेयर हरुले यसवर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष महानगर सम्मेलन गर्ने प्रस्ताव पोखरा महानगरपालिका का धनराज आचार्यले गरेअनुसार यही साउन १३ र १४ गते आयोजना हुन लागेको हो।

यस सम्मेलनलाई metro mayor meet-nepal (MMN) भनिने बताएका  छ। उक्त सम्मेलनमा देशभरका ६ वटै महानगर का प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरु सहभागी हुने बताइएको छ।

दुइ दिने कार्यक्रममा विभिन्न ठाउँहरूको भ्रमण सँगै महानगर को अबको बाटो भन्ने विषयमा छलफल गरिने छ भने दुईपटक सम्म मेयर जित्नु भएका मेयरहरुसँग सिकाइ अनुभव आदानप्रदान गर्दै विभिन्न महानगरपालिकाहरुको  अहिलेको वास्तविक योजनाहरु के के छन र तिनीहरु लाइ कार्यान्वयन गर्दा आउने चुनौतीहरू के के हुन सक्छन् भन्ने  बारेमा छलफल हुने बताइएको छ।

महानगरपालिका का उपप्रमुखहरु को लागि ऐनले निर्दिष्ट गरेको जिम्मेवारीहरुको सम्बन्धहरूलाई अनुभव र सिकाइ आदानप्रदान गरिनेछ भने विद्यमान ऐन कानुन तथा तिनले ल्याएका निम्ताएका चुनौतीहरूको बारेमा पनि छलफल गरिने बताइएको छ ।

देशभरिका ६ वटा महानगरपालिका आ-आफ्नै धरातलीय दृष्टिकोण ले अवस्थित भएको हुनाले प्राकृतिक न्यायको आधारमा भौगोलिक अवस्था भू बाताबरणिय अवस्था र त्यसलाई हेर्ने दृष्टिकोण बिच तुलना गरी महानगरपालिकाको विकासका सुचकहरु पहिचान गरि तिनीहरु को अपरिहार्यता र सम्भावना अनि आउने चुनौतिको बारेमा साथै समग्र महानगर बासिहरुलाइ  सुशासनको प्रत्याभुत कसरी दिनसकिन्छ भन्ने बारेमा समग्र महानगरपालिकाहरू का साझा सवालमा अध्ययन गरी सामूहिक रुपमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटै लक्ष्य सहितको कार्यदिशा निर्माण गरि त्यस विषयमा घनीभूत छलफल गरी मस्यौदा तयार गर्ने बताइएको छ।

दुइदिने कार्यक्रम को अन्तीम दिन सबै महानगरपालिका मिलेर पोखरा घोषणापत्र जारी गर्नेछन भने महानगरका मेयर उपमेयर हरूको दुइ दिने सम्मेलनका आयोजक महानगरपालिका प्रमुख लाई METRO MEET NEPAL अंकित झण्डा हस्तान्तरण गरि एकआपसमा मायाको चिनो हस्तान्तरण गर्दै सामुहिक फोटो खिचेर कार्यक्रम समापन गरिने बताइएको छ ।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: