Worldlink Communications

पोखरामा भोलिबाट राष्ट्रिय खुला दोहोरि गित प्रतियोगिता स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम-२०७९

साउन ११, पोखरा

“लोक संस्कृति जोगाऊँ हाम्रो चिनारी बचाउ” लोक स्रष्टा साधक तथा शिल्पी कल्याण शेरचन को ७६औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय खुला दोहोरि गित प्रतियोगिता,स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम -२०७९ साउन १२ गतेदेखि १४ गतेसम्म पोखरा सभागृहमा हुन गइरहेको जानकारी आज सभागृहको सभाहलमा पत्रकारभेट कार्यक्रम गरि जानकारी दिइएको थियो ।

१६ बर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ …आहा कलिलो तामालाई सोध रामालाई ….काली पनि देखे मैले गोरी पनि देखे मैले…. किन रोयौ दमिनी भाउजु दमै दाइले कुटेर ट्यामकुलो फुटेर…जस्ता कालजयी गीतहरू संकलन गर्नु भएका तथा नेपाली गीतसंगीतको क्षेत्रमा फरक किसिमको स्वाद भित्राउन सफल लोकगायक स्रष्टा शिल्पी कल्याण शेरचनले ग्रामीण कुनाकन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गितहरू संकलन गायन साथै नेपाली लोकगीत नित्य र संस्कृतिको संरक्षण प्रवर्द्धन र उत्थानमा महत्वपूर्ण योगदान दिनुभएको थियो।

सांगीतिक अभियन्ता कल्याण शेरचन ले विद्यालयस्तरमा सांगीतिक प्रशिक्षण दिनुभएको थियो भने उहाँको स्मृतिमा प्रतिष्ठान स्थापना गरि उहाँका कृतिहरू को खोजी गर्ने अनुसन्धान गर्ने र संरक्षण गर्ने गरी कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना गरिएको छ।

विक्रम संवत् २००३ साल श्रावण १२ गते पोखराको रानीपौवामा जन्मनुभएका गायक स्रष्टा शिल्पी कल्याण शेरचन २०६७ साल माघ २४ गते यस भौतिक संसारबाट बिदा लिनुभएको थियो । यसै सन्दर्भमा कल्याण शेरचनको ६७ औं जन्मजयन्तीको अवसरमा श्रावण १२ गतेदेखि देखि १४ गतेसम्म पश्चिमाञ्चल स्तरीय कौडा चुडका गित प्रतियोगिता आयोजना गरिएको थियो भने त्यसैको निरन्तरता अहिलेसम्म पनि दिँदै आएको बताइएको छ।

यस संस्थाले यस बर्ष उहाँको ७६ औं जन्मजयन्तीको अवसरमा नेपाली लोक बाजाहरु को संग्रहालय गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी नेपालि लोक बाजारको संरक्षण र सम्बर्द्धन गर्न लोकगायक स्रष्टा शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्ने पवित्र उदेश्यका साथ राष्ट्रिय खुल्ला दोहोरि गित प्रतियोगिता स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम २०७९ को आयोजना गर्न लागिएको सो कार्यक्रममा बताउनुभयो ।

श्रावण १२ देखि १४ गतेसम्म नेपालमा नै पहिलो राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता भोलि बिहान ११:३० बजे प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले समुदघाटन गर्नुहुने छ । राष्ट्रिय दोहोरी गीत प्रतियोगिता ४६ वटा टिमले भाग लिएका छन् । प्रत्येक टिमको प्रवेश सुल्क  २००० लिइएको छ  । दर्शकहरुलाई निःशुल्क प्रवेश दिएको छ आयोजकको तर्फबाट दर्शकहरुलाई निःशुल्क प्रवेश दिने  कल्याण शेरचनले लोकगीत दोहोरी प्रतियोगिता कार्यक्रममा कहिल्यै पनि दर्शकहरु लाई प्रवेश शुल्क नलिनु भन्नुभए अनुसार नै सुल्क नलिएको सस्था का अध्यक्ष क्या. पूर्णबहादुर गुरुङ  “ह्लयोल्मो”ले  जानकारी गराउनुभएको थियो।

सो कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि सहकार्य गर्ने संस्थाहरुमा गण्डकी प्रज्ञा प्रतिष्ठान,पोखरा प्रज्ञा-प्रतिष्ठान, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान , प्रदेश समन्वय र जिल्ला शाखाहरुको इन्द्रेणी संस्कृतिक समाज, काठमाडौँ हिमाली सांस्कृतिक परिवार पोखरा रहेका छन् भने कार्यक्रमको प्रवर्द्धन पोखरामा नगरपालिका ले गरेको छ। कार्यक्रममा वरिष्ठ कलाकार एवं चलचित्र निर्देशक नारायण रायमाजि लाई सम्मान गरिनेछ भने शिक्षा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने योगेन्द्र बहादुर बस्नेतलाई मरणोपरान्त सम्मान गरिने बताउनुभयो।

राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा प्रथम हुने समूहलाई रु .छ लाख ,दितिय हुने समूहलाई रु .चार लाख ,तृतीय हुनेलाई रु .दुई लाख , सान्त्वना हुने समूहलाई एक लाख र उत्कृष्ट गाएकलाई ५० हजार, उत्कृष्ट गायिकालाई ५० हजार र अनुशासित समूहलाई ५० हजार पुरस्कार प्रदान गरिने बताइएको छ भने सम्पूर्ण आम्दानी बाट १५ लाख ५० हजार बचत हुने अनुमान गरिएको बताउनुभयो।

-प्रकाश अधिकारी

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: