Worldlink Communications

नवौं राष्ट्रिय खेलकुद सफल बनाउन मिलेर जाने सबैको जोड

साउन १२,पोखरा

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन एक जुट हुँदै सहकार्य र सहअस्तित्वमा अगाडी बढ्ने कुरामा जोड दिइएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना भएको एक छलफलका कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।

आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकद प्रतियोगिता सफल बनाउन समग्र गण्डकी प्रदेशबासीलाई अपनत्वको सन्देशका साथै एक जुट बनाउन परिषदले आफ्नो योजनावद्ध र घनिभूत तरिकाले अघि बढ्न सहभागिहरुले सुझाव दिनुभएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा खेल मैदान व्यवस्थापन उप–समितिका संयोजक राजेश कुमार गुरुङले पहिलो चरणमा आफ्नो समितिले गण्डकी प्रदेशका विभिन्न खेल मैदानहरुको अवलोकन गरेको बताउँदै सबै एक जुट भएर अघि बढेमा प्रतियोगिता भव्य र सभ्य रुपमा सफल हुने बताउनु भयो ।

त्यसैगरी प्रदेश का उपाध्यक्ष धोज कुमार गुरुङले गण्डकी प्रदेशले धेरै भन्दा धेरै पदक जित्ने आन्तरिक तयारी संगै पाहुनाको रुपमा आउने सबै प्रदेशका टिमहरुलाई हरुलाई प्रशिक्षणस्थल संगै बसोवासको उचित व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले भदौको पहिलो साता बाट नै विभिन्न खेलको छनोट खेलहरु गर्ने गरी परिषदले तयारी सुरु गरेको बताउनुभएको थियो । उहाले व्यवस्थापन संगै प्रशिक्षकहरुको प्रशिक्षण, खेल संघहरु संगको समन्वय, जिल्ला खेलकुद अध्यक्षहरु संग अन्तक्रिया र एक महिनाको खेलाडी बन्द प्रशिक्षणका लागि समेत परिषदले तयारी थालेको बताउनुभयको थियो ।

प्रदेश खेलकुद समिति का कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कास्की जिल्ला खेलकुदका अध्यक्ष दिल बहादुर गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, क्षेत्रिय खेलकुदका डिवी नेपाली, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा महानगर खेलकुदका सदस्य सचिव सुवास खड्का लयागतले बोल्नुभएको थियो  भने सो कार्यक्रम अनुशासन तथा प्राविधिक उपसमिति संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: