Worldlink Communications

नागरिकता विधेयक दुवै सदनबाट पास भएपनि आस मरेको छैन: क्षेत्री समाज र नागरिक समाज कास्की

साउन१३, पोखरा

नागरिकता विधेयक पास भएपछि कास्कीमा आजमात्रै तीनवटा विरोध कार्यक्रम भए क्षेत्री समाज नेपालले पत्रकार सम्मेलन गर्यो, बाम गठबन्धन का चारदलले सृजना चोकमा कोणसभा गरे भने नागरिक समाज कास्कीले सि डि यो कार्यलय अगाडि पार्दी को चौतारी मा राष्ट्रघाती नागरिकता विधेयक खारेज को लागि विरोध कार्यक्रम गर्यो।

आज क्षेत्रि समाज नेपालले  “राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति एकता आजको आवश्यकता” भन्ने नाराका साथ वंशजको अधारबाट नागरिकता प्राप्त गर्ने आधार बाहेक अन्य आधारबाट बिदेशी नागरिकलाई नागरिकता दिने काम राष्ट्रघाती यो देशद्रोही हो तसर्थ विश्वका विभिन्न मुलुक हरूमा नागरिकताको विषयमा आ-आफ्ना नियम कानुनहरु छन खासगरी मित्र राष्ट्र भारतमा बिदेसि नागरिक बिबाह गरेको ७ बर्ष पछि नागरिकता प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइन्छ भने हाम्रो देशमा बिबहा गरेको भोलिपल्ट नै नागरिकताको प्रक्रिया मा जान सकिने त्यो पनि अधिकार सम्पन्न सहितको नागरिकता दिने भन्ने बिधेयक सदन बाट पास भए पछि  क्षेत्री समाज ले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा खुलेर यो रास्ट्रघाती देसद्रोहि नागरिकता बिधेयक खारेज गर्न को लागि क्षेत्री समाज ले सबै को साथ र सहयोग लिएर आन्दोलन गर्ने र यो आफ्नै देशमा आफ्नो देश खोज्दै हिँड्न बाध्य बनाउने राष्ट्रघाती बिधेयक खारेज गर्न को लागि सरकार लाइ जनताको अगाडि घूडा टेक्न बाध्य  बनाउने छ जनताको तागत अगाडी कसैको केहि लाग्दैन” समाज का महासचिब केश बहादुर केसी ले पत्रकार भेटघाट कार्यक्रम मा बताउनुभयो।

त्यसैगरी नेकपाका चारवटा पार्टी ले बाम गठबन्धनगरि आज नै MCC/SPP /महगी/शान्ति सुरक्षा/जनजिबिका र देसद्रोहि नागरिकता बिधेयक पास को बिरुद्ध मा आन्दोलन को आधिबेरी  नै सिर्जना गर्ने बताइएका थिए ।चार सयुक्त बाम पार्टी मा नेकपा माओवादी समाजबादी,नेकपा बिप्लब, नेकपा नेकपा ऋषि कटेल नेकपा वैज्ञानिक समाजवादी पार्टीको उपस्थिति मा आज बिरोध कार्यक्रम स्वरुप कोणसभा गरेका थिए।

त्यस्तै गरी कास्की जिल्ला कार्यालय अगाडि पार्दो चौतारी मा नागरिक समाज कास्कीले राष्ट्रघाती, देशद्रोही नागरिकता विधेयक “आफ्नै देशमा बसेर पनि आफ्नै देश खोज्नुपर्ने बाध्यता बनाउने निर्लज्ज नेताहरुले ल्याएको नागरिकता बिधेयक खारेजीको माग गर्दै विरोध कार्यक्रम गरेका थिए।

आजको कार्यक्रमको बारेमा नागरिक समाज कास्की का पुर्ब संयोजक तथा आजको कार्यक्रमका संयोजक अधिकारी ले हामी लाइ नागरिकता विधेयक को बारेमा भन्नुहुन्छ:

विदेशी लाइ राजनैतिक अधिकार सहितको नागरिकता दिनु भनेको सोझै राष्ट्रघात हो देश घात हो भन्नुभयो। हाम्रो देशका नेताहरु विदेशीको इसारामा चल्ने भएको हुनाले यस्तो दुर्दशा भोग्नुपरेको तीतोसत्य बताउनुहुन्छ । उहाँहरु देशको नेता भएको भए यतिसारो तल झरेर विदेशीहरुलाई नागरिकता दिन लालयित हुनुहुन्थेन होला। हाम्रा नेतालाई देशको माया छैन भन्नुभयो।

छिमेकी विदेशीहरु जनसङ्ख्या को आधारमा निर्वाचन तोकियोस् भन्ने चाहन्छन् हाम्रो नेताहरु उनीहरुकै ईशारामा त्यही काम गर्छन् । घाम झै छर्लङ्ग छ कुनै न कुनै बहानामा विदेशीहरु नेपाल को सत्ता कब्जा गरेर नेपाललाई फिजिकरण  बनाउन खोज्दैछन् हाम्रा नेताहरुले त्यो कुरा बुझ्दैनन्। यो ता सारै दुख लाग्दो कुरा भयो ! हामीले सबैसँग अनुरोध गर्दछौं अपिल गर्दछौं यो राष्ट्रघाती नागरिकता विधेयकले आफ्नै देश भित्र रहेर आफ्नै देश खोज्नुपर्ने बाध्यता सिर्जना गरि नेपालीको भबिष्य अन्धकार बनाउने यो निणर्य बाट नेताहरु पछि हटनै पर्छ। अन्यथा हाम्रा दुःखका दिन घाम झैं छर्लङ्ग देखिएको हुनाले खबरदारी हामीले मात्र होइन सबैले गर्नु पर्छ।

अन्तमा कार्यक्रमका संयोजक अधिकारीले अझै पनि यो देशद्रोही राष्ट्रघाती नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएपनि राष्ट्रपतिबाट प्रमाणित हुन बाँकी भएको हुनाले आशा मरेको छैन भन्नुभयो। हामीलाई विश्वास छ देशको राष्ट्रपतिले देस र जनताको अभिभावकत्व लिनुहुनेछ भन्नुभयो।  यो विधेयक राष्ट्रहितमा छ कि छैन जनताको हितमा छ कि छैन भनेर वकिल र  अदालत सँग कानुनी परामर्श गरेर मात्र पास गर्नुहुनेछ भन्ने विश्वास नागरिक समाजले लिएको छ । विश्वास गरौं राष्ट्रपतिको कदम देश र जनताको पक्षमा हुनेछ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: