Worldlink Communications

सत्ता गठबन्धन : तालमेलमा सहमति नजिक, क कस्को कति दाबी ?

क कस्को कति दाबी ?
कांग्रेस– ८० देखि ९० सिट
माओवादी केन्द्र– ५० बढी
जनता समाजवादी–३०
नेकपा एकीकृत समाजवादी–३०
राष्ट्रिय जनमोर्चा–५

कांग्रेस नेता रामचन्द्र पौडेलले ‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सिट बाँडफाँट’दयगत छलफल सुरु गर्ने’ जानकारी दिए।

‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ,’ उनले थप प्रस्ट पार्दै राजधानीसँग भने, ‘सबै दल त्यसमा सहमत छन्, केही दिनमै गठबन्धन बैठक बस्छ र सिट बाँडफाँट’दयगत छलफल सुरु गर्छौं।’ निर्वाचन आयोगले आगामी २ मंसिरमा निर्वाचन मिति प्रस्ताव गरिसकेको छ। तर, गठबन्धनभित्र निर्वाचन मिति विषयमा पनि छलफल भएको छैन। स्रोतका अनुसार ४ मंसिरमा निर्वाचन गर्ने सरकारको तयारी छ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ। ‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवदी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा अब छलफल सुरु हुन्छ।’

गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ। उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०/३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन्। तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ। तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ। गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ। सिट बाँडफाँडमा विगतमा भएको कमजोरी नदोर्‍याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहँदै आएका छन्।आजको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्: