Worldlink Communications

प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुन्चौर अनेरास्ववियुले नवआगन्तुक बिधार्थीलाइ स्वागत र अग्रजलाई बिधाइ गर्यो

साउन २२, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर १९ मा रहेको कृषि कलेज प्राकृतिक स्रोत व्यवस्थापन कलेज मा अध्यनरत अनेरास्ववियु का बिधार्थी हरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र अग्रजहरु  बिधार्थीलाई विदाइ  गरेको छन।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु प्राकृतिक स्रोत व्यवस्थापन कलेजका दक्ष सुरज भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा अनेरास्ववियुका केन्द्रीय कमिटीका महासचिव समिक बराल हुनुहुन्थ्यो थियो  भने कार्यक्रमको विशिष्ट अतिथिमा अर्जुन अधिकारी हुन्थ्यो अतिथिहरुमा जनप्रतिनिधिहरु बिकाश आचार्य र दुर्गा बस्नेत हुनुहुन्थ्यो।

त्यस्तैगरी बिष्णु प्रसाद गौतम, प्रकास पौडेल,रिना ढकाल, आर के पोखरेल, विवेक देवकोटा, नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाका पाटी अध्यक्ष बिष्णु प्रसाद गौतम, त्यस्तैगरी , महेन्द्र मन्नु पौडेल, अनुपालक्ष्मि,किसोर सुबेदी,सन्जय पौडेल,सेखर पौडेलको  उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न भएको थियो । भने अनेरास्ववियुका सचिव अर्जुन ज्ञानले कार्यक्रम सम्पन्न गर्नुभएको थियो।

प्रमुख अतिथि तर्फबाट अनेरास्ववियुका महासचिव समिक बडाल ले आक्रामक शैलीले अबको बिधार्थी अगाडि बढ्नुपर्ने बताउनुभयो। चाहे त्यो पढाईको सिलसिलामा होस,चाहे तो दैनिक जनजिविका को लागि होस, चाहे राष्ट्रियताको सवालमा होस्  हामि जस्तै भेषमा नक्कली बिधार्थी संगठन बनेर आउनेहरु देखि  होसियार बन्नैपर्छ भन्नुभयो। उनिहरु को  उपस्थिति न्युन भएपनि होशियार रहन आम विद्यार्थी  हरुलाई सतर्कता र होसियार अपनाउदै आफू संगठन चुस्त दुरुस्त राख्ने अनुरोध गर्नुभएको थियो।क्याम्पस मा हुँदा अनेरा स्ववियु वन्ने र घरमा गएपछि कुनै न कुनै बहानामा यस्तो उस्तो भनेर पार्टीलाई धोका दिन  नहुने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि अर्जुन अधिकारी, इमान राज पौडेल लगायत सबैले विद्यार्थीको हकहितको निम्ति लड्ने संगठन भनेको नै अनेरास्ववियु हो राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पनि अनेरास्ववियु your लाई नेता उत्पादन गर्ने संस्थाको रूपमा लिने गरिएको भएपनि ती विद्यार्थी र् उद्धमी संघर्षशील भएर आफ्नो जीविकोपार्जन गर्दै देश र जनताको निम्ति विद्यालयमा तालिम दिइएको हो। अनेरास्ववियु भनेको पावर उत्पादन  गर्ने स्थान हो बोलीमा निखारता ल्याउने संस्था हो र देस हाँक्ने युवाशक्ति पनि अन्तत स्वभाव नै हो भन्नु भएको थियो।

 

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: