Worldlink Communications

जिल्ला समन्वय कास्की प्रमुख पौडेल भन्नुहुन्छ गैर सरकारी संस्थाहरुले परिणाममुखि काम गर्नुपर्छ  

साउन २५, पोखरा

जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गैर सरकारी संस्था हरुले परिणाममुखी काम  गर्नु पर्छ भन्नुभयो ।

समन्वय प्रमुख लीलाधर पौडेलले केही गैरसरकारी संस्थाहरू ले नाफा कमाउने गरेको आरोप लाग्ने गरेको भन्दै जनताका आबश्यकतालाइ मध्यनजर राखेर नीति नियम तथा योजना निर्माणमा लाग्न आग्रह गर्नुभएको थियो ।

प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समिती कास्कीलाइ कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको लागि आयोजना गरेको दुई दिवसिय समिक्षा बैठकमा बोल्दै उक्त कुरा बताउनुभएको हुो। उहाले हरेक क्षेत्रमा पारदर्शिता ,जबाफदेहिता र उत्तरदायित्व बिना सफल नहुने भन्दै जनता को हितलाइ केन्द्र बिन्दुमा राखेर गरिने काम नै मुल्यांकनको सहि आधार हुने बताउनु भएको थियो।

जिल्ला समन्वय अधिकारी नवराज बरालले हरेक संस्थाहरुलाइ गुनासो रहित काम गर्न आग्रह गर्नुभएको थियो। बरालले बिद्यमान नीति नियमको पूर्ण पालना सहित जसले जहाँबाट काम गरे पनि जनताका लागि नै हुनुपर्छ भन्नुभयो। गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धि बहादुर थापाले समृद्ध कास्की निर्माणको लागि गैर सरकारी सन्स्थाहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभएको थियो।

कास्कि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य गैरसरकारी सस्था महासंघका केन्द्रिय सदस्य बिना सिलवाल ,प्रदेश अध्यक्ष पदम पहारी लगाएतले उद्घाटन सत्रमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा ९८ वटा रास्टिय तथा अन्तर्राष्ट्रिय सस्थाको सह्भागिताको सुची पत्र प्राप्त भएकोमा २७ वटा सस्थाले समिक्षा प्रतिबेदन प्रस्तुति गरेको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: