Worldlink Communications

पोखरा मनपा वडा नं १९ मा वडा स्तरिय कृषि सन्जाल गठन

साउन २६ ,पोखरा

महानगरपालिका वडा नं १९ मा वडा स्तरिय कृषि सन्जाल (२५ गते) गठन गरेको छ । पदाधिकारी सदस्यहरुको पहिलो पुर्ण बैठकले निर्णय गर्ने छ ।

वडा अघ्यक्ष पुस्पेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रम मा पोखरा महानगर पालिका  कृषि शाखाका प्रमुख मनोहर कडरिया ,पोमनपा कै कृषि अधिकृत दामोदर अधिकारी ,कृषि सेवा केन्दका ना प्र सा हेम्जा का पुष्पा नेपाली लगाएत जनप्रतिनिधि हरुको सम उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो।

वडा अध्यक्ष र सदस्यहरुको सहजतामा २१ सदस्यिय कृषि सञ्जालको समिति बनाऊन को लागि प्रमुख भुमिका खेल्नु भएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि  वडा सचिबले सन्चालन गर्नु भएको थियो।

वडा सदस्य विकास आचार्य का अनुसार करिब एक सय पचास भन्दा बडि किसानको उपस्थित मा  पोखरा १९ कृषि सन्जाल का सदस्य  चयन हुनुभएको हो।सदस्यहरु मा

कमल थापा ,रबिमान् सिंह भन्डारी , राघा पान्डे  ,बिमल केसी, काशिराज आचार्य  ,सपना परियार ,भेषराज पौडेल, राम बहादुर बिक , लेखनाथ पौडेल , कमला बस्नेत , शिब गौतम , कृष्ण प्रसाद गौतम , शिब बहादुर केसी , होमनाथ गौतम  ,नवराज बास्तोला  ,राम कुमारी आचार्य , सरस्वती बस्ताकोटी , सुमित्रा अधिकारी , कुमार बहादुर अधिकारी, लक्की नेपाली र शालिकराम अधिकारी चयन हुनुभएको हो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: