Worldlink Communications

विपत व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न

साउन २८,पोखरा

महानगरपालिका वडा नम्बर १६ र नेपाल रेडक्रस सोसाइटी उपशाखा कास्की पोखरा १६ को आयोजनामा विपद व्यवस्थापन अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा १६ मा रहेको कालिका भवन मा भएको बिपत व्यवस्थापन अभिमुखी करण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला का  उपसभापति कृष्ण तिमिल्सिनाको प्रमुख आतिथ्यता र बिशेष अथितिको रुपमा वडाध्यक्षको अमृत तिमिल्सीना हुनुहुन्थ्यो।

अतिथि हरुमा जनप्रतिनिधि हरु क्रमशः रामचन्द्र आचार्य र मञ्जु नेपाली लगाएत टोल विकास संस्थाका अध्यक्षहरु आमा समूहका अध्यक्षहरु, विभिन्न संघसंस्थाका अध्यक्षहरु, विद्यालयका शिक्षक नायकहरु को सम उपस्थितिमा भएको सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पोखरा १६ का अध्यक्ष तारा अधिकारी को सभापतित्वमा भएको थियो भने कार्यक्रमलाइ भव्य र सभ्य बनाउनको लगि संस्थाका सचिव दुर्गादत्त आचार्य ले संचालन गर्नु भएको थियो ।

८० जना भन्दा बढि को उपस्थितिमा भएको  कार्यक्रममा बिपत ब्यबस्थापन मा रेडक्रस को भुमिका को बारेमा  रेडक्रसको नियम कानुन ,अधिकार ,परिभाषा र कार्य को बारेमा सहभागी सबैलाई प्रशिक्षित गर्नु भएको थियो भने रेडक्रस का जिल्ला सदस्य नवराज भण्डारीले विपत बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा ५२ वटा टपिक्स मा आधारित रहेर सबैलाई प्रशिक्षित गर्नु भएको थियो।

विशिष्ट अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष अमृत तिमिल्सिना ले यस किसिमको कार्यक्रम पहिला जनप्रतिनिधिहरु र विशिष्ट व्यक्तिहरुले लिएर पछि सबै जनतालाई सुसूचित गर्नुपर्ने महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो। कार्यक्रममा भूकम्प ,बाढीपहिरो, आगलागी ,बनबिनासजस्ता प्राकृतिक रुपले विपत निम्ताउने र तिनबाट बच्नको लागि के के गर्नु पर्दोरहेछ र कसरी गर्नु पर्दो रहेछ भन्ने बिषय मा प्रशिक्षित हुने मौका दिनुभएकोमा नेपाल रेडक्रस सोसाइटी जिल्ला कमिटी र  पोखरामा नगरपालिका वडा नम्बर १६ कमिटीलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्तमा जनप्रतिनिधिहरुको आगामी पाँच वर्षको कार्यकाल सफल रहोस भन्दै शुभकामना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो भने प्रमुख अतिथि हरु लाई पनि मायाको चिनो प्रदान गर्दै कार्यक्रम को अध्यक्षता गर्नुभएका तारा अधिकारी ले कार्यक्रम समापन गर्नुभएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: