Worldlink Communications

पोखरा १९ पात्लेमा पात्ले युवा क्लब को प्रथम अधिवेशन सम्पन्न अध्यक्ष : विष्णुप्रसाद गौतम (कमल)

साउन २८,पोखरा

पोखरा महानगरपालिका १९ पात्ले मा अवस्थित पात्ले युवा क्लबले आफ्नो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट अध्यक्ष सर्वसम्मत विष्णु प्रसाद गौतम (कमल) हुनुभएको छ।

पोखरा महानगर पालिका  वडा न. १९ का अध्यक्ष पुस्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मा अतिथि हरुमा विभिन्न पार्टीका अध्यक्षहरु र संघसंस्थाका प्रतिनिधिहरु र अध्यक्षहरूको सम उपस्थितिमा भएको सो कार्यक्रमको अध्यक्षता बिष्णु प्रसाद गौतम(कमल)ले गर्नुभएको थियो भने कार्यक्रम लाइ भब्य र सभ्य बनाउनको लागि संस्थाका सचिव नवराज बास्तोला ले सन्चालन गर्नु भएको थियो ।

कार्यक्रम को सफलताको शुभकामना मन्तब्य दिनेहरुमा नेकपा माओवादीका अध्यक्ष निर्मल बास्तोला, नेपाली कांग्रेसका अध्यक्ष विष्णु प्रसाद बास्तोला, नेकपा एमालेका विष्णुप्रसाद गौतम, जनप्रतिनिधिहरु विकास आचार्य र दुर्गा बस्नेत र क्लब का सल्लाहकार बिकास गौतम ले आफ्नो सुभकामना मनतव्य राख्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै क्लबका सल्लाहकार विकास गौतमले वार्ड बाट विभिन्न क्लबलई दिने सहयोग यस पात्ले युवा क्लबले नपाएको गुनासो गर्नुभएको थियो भने यसै कुरालाई चिर्दै सबै पार्टी का सबै वक्ताहरुले नियतवश छुट्याइएको हो भने यसरी छुट्याउन नहुने कुरामा जोड दिनुभएको थियो।

जनप्रतिनिधि विकास आचार्यले यस युवा क्लबलाई नियतवश बजेट नदिएको भन्ने कुरा निराधार भएको हुनाले कथम्कदाचित कहीँबाट केही भएको भए आगामी दिनमा यस्ता विषयमा ध्यान दिने बताउनुभयो। त्यस्तैगरी जनप्रतिनिधि दुर्गा बस्नेतले देस युवाहरूको काँधमा छ युवाहरुलाई नै शंका गर्न नहुने बरु धेरै विश्वास गर्नुपर्ने जिम्मा  दिनुपर्ने  विषय प्रष्टसँग राख्नु भयो। विश्वासका  साथ युवा ले हामी यो काम गर्छौ भनेर मार्ग प्रशस्त गरि आएमा वार्ड कार्यलय हातेमालो गरेर जान तयार छ भन्नुभयको थियो ।

प्रमुख अथितिको रुपमा पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सामान्य बिषयमा कोहिपनि विवाद नगरी वडाको विकासको निम्ति सबैले आ-आफ्नो ठाउँबाट  विकासका कामहरु गर्न सकौ यसैमा सबैको भलाई हुन्छ भन्नुभयो। पार्टी र चुनाव भनेको त १०/१२ दिनमात्र हुनुपर्छ भन्नुभयो। अब चुनाव सकियो सबै मिलेर विकास गर्नुपर्छ युवालाई मिलाएर लानु पर्छ भन्दै गर्दा यहाँका युवाहरु आफै सोरोजगार भएको देख्दा आफूलाई खुसी लागेको बताउनुभयो । विकासको निम्ति सबैसँग हातेमालो गरेर जाने कुरामा म विश्वस्त छु। कहिँकतै युवाहरुलाई सहयोग गर्नुपर्छ भन्ने विषय लाई  नजरअन्दाज गरि बहाना गरेको हो कि भनेर सन्का नगर्नुहोस्  भन्नुभयो।म फेरि पनि भन्छु  मैले यस पात्ले युवा क्लब लाई नियतवश बजेटमा नछुट्टाएको हो भन्ने विषयलाइ कसैलेपनि  बिस्वास नगर्न र अनावश्यक भ्रम नपाल्न नलिन फेरिपनि अनुरोध गर्द्छु भन्नू भयो ।

पात्ले युवा क्लबले संस्थाको अधिवेशन को शुभ उपलक्ष्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको थियो पोखरा को उपल्लो पोखरा अर्थात विकट को पोखरा भनेर चिनिने महानगरपालिकाको वाड न. १९ को पात्लेमा स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण सहयोगले करिब ५५ ब्याग ब्लड संकलन गरिएको थियो।

अधिवेशनबाट समितिका सबै व्यक्तित्वहरु सर्वसम्मत चयन हुनुभएको थियो जसमा अध्यक्ष विष्णुप्रसाद गौतम(कमल) ,उपाध्यक्ष मा हरिदत्त बास्तोला, सचिवमा नवराज बास्तोला, कोषाध्यक्षमा केशव राज बास्तोला, सहसचिवमा कुमार गौतम र सदस्यहरुमा विजय गौतम, शंकर बास्तोला, बिन्दु बास्तोला, संगीता बास्तोला, सन्दिप केसी र  हेमराज बास्तोला निर्वाचित हुनुभएको थियो।

त्यस्तैगरि लेखा समितिमा संयोजक कृष्णप्रसाद वस्तोला र सदस्यहरुमा सुधीर गौतम र मुना सिग्देल निर्वाचित हुनुभएको थियो भने निर्वाचित कमिटीका सबै अध्यक्ष र सदस्यहरु लाइ  निर्वाचन समितिका सम्योजक एवं क्लबका सल्लाहकार बलराम गौतम ले सपथ खुवाउनु भएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: