Worldlink Communications

प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता भाद्र १२ देखि १९ सम्म पोखरा मा

साउन २९,पोखरा

“राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद ” भन्ने नाराका साथ प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगीता आयोजना २०७९ भाद्र १२ देखि १९ गते सम्म पोखरामा हुने आयोजक सस्था डेभिज स्नुकर हाउसले पत्रकार भेट कार्यक्रम गरेर बताउनुभयो ।

पत्रकार भेट कार्यक्रम को सभापतीत्व आयोजक संस्था डेभिज स्नुकर का अध्यक्ष शंकर गुरूङले गर्नुभएको थियो भने प्रमुख अथिति पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मरासिनीले गर्नुभएको थियो त्यस्तैगरी विशिष्ट अतिथिमा कास्की जिल्ला बिलियार्ड तथा पुल संघ का अध्यक्ष सागर कुमार सहि(दिलिप) हुनुहुन्थ्यो।

अतिथिहरुमा कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुलसंघ का वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, रामजी सुनार, प्रथम उपाध्यक्ष खलि थापा,कोषाध्यक्ष दिलबहादुर लामा आयोजक सचिन बहादुर लामा सन्तोष श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमको सफलताको लागि आर्थिक संयोजक तथा गण्डकी प्रदेश बास्केटबल टिमका प्रमुख प्रशिक्षक प्रदिप रसाइली लगायतको व्यक्तित्वहरूको आथित्यतामा सञ्चालन भएको कार्यक्रम सबिन जिसी ले सन्तान गर्नुभएको थियो।

नेपालको प्रमुख पर्यटकीय शहर तथा गण्डकी प्रदेश कै गौरभ पोखरालाई खेलकुद शहर भनेर चिनाउन सकिने खेलको दुनियाँमा स्नुकर खेलको माध्यमबाट पोखरालाई फरक र  विशेष  किसिमले चिनाउने प्रयास गरिरहेको र बिगत समयमा यस खेललाई हाबा केटाहरु ड्रग्स सेवन गर्ने केटाहरु अर्थात् नराम्रा सोच भएका हरुले खेल्ने खेल्को रूपमा हेरिएको भए पनि  अहिले यसको परिभाषा नै परीबर्तन भएको पनि आयोजक हरुले पत्रकार भेटघाट मा बताउनु भएको थियो ।

प्रतियोगिता पोखरा महानगरपालिका वार्ड नं  ८ स्थित डेभिज स्नुकर क्लबमा सञ्चालन हुने बताइएको सो प्रतियोगितामा करिब एक सय अठ्ठाईस जना प्रतियोगीहरु क उपस्थिति रहने  आयोजक सस्थाका अध्यक्षले हामी लाइ  बताउनुभएको थियो ।

प्रतियोगिता मा प्रति खेलाडीहरुको लागि तीनहजार रुपियाँ प्रवेश शुल्क रहेको र  खेलाडीहरुलाई आवासको मात्र व्यवस्था गरिएको र खाना को ब्यबस्थापन खेलाडी स्वयंमले गर्नुपर्ने जानकारी  गरिएको थियो।

नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिक रुपले सुहाउँदो बिलियार्ड स्नुकर खेललाई सरकारले छैटौं रास्ट्रीय खेलकुदमा मात्र समाबेश गरेको भएपनी त्यसपछि का आज सम्म का रास्ट्रीय खेल मा यस खेललाइ समाबेश नगरीनु आफै मा दुखद भएको बताउनु भएको थियो।फेरि पनि हरेस नखाइ यस खेल को सस्थागत बिकास गर्न नगर, क्षेत्र, जिल्ला र राष्ट्रिय स्तर सम्म पुर्याउने उद्देश्यका साथ यस क्लब ले प्रथम खुल्ला स्नुकर प्रतियोगिता २०७९ सञ्चालन गर्न  पाउदा क्लब र हामी सबै उत्साहित भएकाे आयोजक हरु ले बताउनुभएको थियो।

यस प्रतियोगिताले विभिन्न उद्देश्यहरु पूरा गर्ने उद्देश्य का साथ कार्यक्रम सञ्चालन गरेको बताए को थियो। जसमा जिल्ला तथा राष्ट्रिय स्तरबाटै स्नुकर खेलको विकासको साथै शारीरिक रूपमा तन्दुरुस्त मानसिक रुपमा सचेत र सामुहिक भावनाको विकास गराउने, पोखरालाई आधुनिक खेल को रुपमा स्नुकर खेल लाइ व्यवस्थित गर्ने, पोखरालाई खेलकुद पर्यटन को सहरको रुपमा विकसित गराउने ,नयाँ प्रतिभाहरु उत्पादन गर्दै यस खेलको महत्व लाइ अगाडि बढाउने र खेल प्रेमी  खेलाडीहरुलाई यस खेलमा समाहित गर्दै भाईचाराको सम्बन्ध बन्धुत्वको भावनाको विकास गराउदै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यस खेलको मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन र विकास गर्ने उद्देश्य राखिएको बताउनुभएको थियो।

यस प्रतियोगितामा करिब १२८ जना जना खेलाडी को प्रतिस्पर्धा रहनेछ। उपस्थितिको हिसाबले ललितपुरबाट २५/३० जना भक्तपुरबाट २५/३० जना काठमाडौंबाट २५/३० जना बागलुङबाट १०/१२ जना म्याग्दी र बाग्लुङ बाट 5/7 जना बुटवलबाट १०/१२ जना र कास्कीबाट ४०/५० जना प्रतिस्पर्धीहरुको उपस्थिति हुने जनाइएको थियो।

प्रतिष्पर्धा मा  पहिलो हुनेलाई पुरस्कार एक लाख एकाउन्न हजार एकसय एघार नगदका साथै शिल्ड मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार एकहत्तर हजार एकसय एघार नगदका साथै शिल्ड मेडल र प्रमाणपत्र ,सेमिफाइनलमा दुईजनालाई पन्ध्र हजार एकसय एघार नगद र साथमा प्रमाण-पत्र र हाइयस्ट ब्रेकर रु एक्काइस हजार एकसय एघार नगद र साथमा शिल्ड मेडल र प्रमाणपत्र सहित को पुरस्कारको  व्यवस्था गरिएको जानकारी दिइएको थियो।कार्यक्रममा लगभग एक्काइस लाख पचास हजार उठ्ने र  लगभग अठार लाख लाख खर्च हुने बताइएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: