Worldlink Communications

आज राष्ट्रपति बिन्ध्यबासिनी माध्यमिक विद्यालय पोखरा १६ मा

साउन ३१ पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १६ मा अवस्थित बिन्ध्बासिनी मा वि ले विगत एक वर्ष देखि विभिन्न कार्यक्रमहरु गर्दै हीरक वर्ष मनाइरहेको  छ। यो बर्ष लाइ महत्वपूर्ण शैक्षिक वर्षको रुपमा बदल्न सफल भएको बिन्ध्यबासिनी माध्यमिक विद्यालयले आज आफ्नै प्रांगणमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हिरक जयन्ती समापन गरेको छ।

उच्च सतर्कता र हाइ अलट को बिचमा सुरक्षाकर्मीहरूको उपस्थिति देखिन्थ्यो  जहा सेना, जनपदप्रहरी,ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षार्थ खटिएका देखिन्छ। सम्पूर्ण सुरक्षाकर्मीहरू र राष्ट्रिय सेवा दल विद्यार्थी हरूको बाक्लो उपस्थिति मा राष्ट्रपति आउने एक हप्ता अगाडि देखि नै विभिन्न समयमा पटक पटक राष्ट्रपतिको सुरक्षित यात्रा को निम्ति सुरक्षाकर्मीहरु आउने जाने गरेको र आज पनि राष्ट्रपति आउनुभन्दा अगाडि विद्यालयको प्रांगण चारैतिर तालिमप्राप्त कुकुरहरुको सेकुरिटि जाँच पास गरे पछि राष्ट्रपतिलाई विद्यालय प्रवेश गराइएको थियो।

सम्माननीय राष्ट्रपतिले रिमोट कन्ट्रोल को माध्यम द्वारा हिरक स्तम्भको उद्घाटन गरि अनावरण गर्दै भवनको समुद्घाटन गर्नुभएको थियो। राष्ट्रपति को स्वागतार्थ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्य ले सहजिकरण गर्नुभएको थियो।

कार्यक्रम अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र थापाले गर्नुभएको थियो भने कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर बानीया सन्चालन गर्नुभएको थियो अतिथिहरुलाई स्वागत सत्कार समितिका संयोजक श्री दानबहादुर बानियाले आफ्नो मन्तब्य राख्नु भएको  थियो । विद्यार्थीहरु बाट पनि स्वागत गीत गाएर सम्पर्ण  आगन्तुक पाहुना हरु लाइ स्वागत गरिएको थियो।

विद्यालयको विगत इतिहास देखि अहिलेसम्म को बिषयलाइ सार संक्षेपमा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नजिकबाट जानकारी दिनुभएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा निर्देशक रामशरण सापकोटाले विद्यालयको भवन को बारेमा पुनः निर्माण साउदि अरेबिया फण्ड बाट बजेट विनियोजन भएको बारेमा जानकारी दिनुभएको थियो ।

राष्ट्रीय सेवादलका विद्यार्थीहरुद्वारा खुकुरी नृत्य प्रदर्शन गरेका थिए। विद्यालय को हीरक जयन्ती मनाउने कार्यक्रम मा  विभिन्न विधामा जिम्मेवारी लिइ काम गर्ने आदरणीय ४२ जना व्यक्तित्वहरु लाई विद्यालयले सम्म्मान पत्र सम्माननीय राष्ट्रपति देवी भण्डारीको हात बाट प्रदान गर्ने वातावरण मिलाउएको थियो।

मन्तब्यको  क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरपालिका वडा नम्बर १६ को बिन्ध्यबासिनी माध्यमिक विद्यालयम राष्ट्रपति विद्यादेवी भण्डारी आउनु पोखराको गौरव हो भन्नुभयो। यस सुखद परिवेशमा म र  सिंगो पोखरा महानगरपालिका खुशी भएको बताउनुभयो ।यस विद्यालय लाइ यहाँ सम्म पुर्याउन यहाँ का शिक्षक ,अभिभावक, विद्यार्थी र सबै स्थानीय बासिन्दा को महत्वपुर्ण भुमिकाले नै विद्यालय यहाँ सम्म आएको बताउनुभयो। यो  बिन्ध्यबासिनी माध्यमिक विद्यालय यहाँका कुनै पनि निजी विद्यालयहरु भन्दा कम नभएको बताउनु भयो।

त्यस्तैगरी गण्डकी प्रदेशका मुख्यमंत्री कृष्णचन्द्र नेपालीले पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेको एैतिहासिक बिन्ध्यबासिनी माध्यमिक विद्यालय र यस विद्यालयका संस्थापक प्रधानध्यापक मुक्तिनाथ पण्डित लगायत धेरै लाई सम्झदै विद्यालयको प्रशंसा गर्नुभयो । गण्डकी प्रदेशको पनि पोखरा महा नगरपालिका वडा नम्बर १६ मा रहेको बिन्ध्बासिनी माध्यमिक विद्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनले सिङगो गण्डकी ेेप्रदेश  धेरै खुशी भएको बताउनुभयो।

प्रमुख अथितिको आसनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सर्बप्रथम यस बिन्ध्यबासिनी माध्यमिक विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। यस विद्यालयलाई यहाँ सम्म ल्याउने वातावरण बनाउनकोलगि  सिङगो बिधालय व्यवस्थापन समिति, शिक्षक परिवार, सम्पूर्ण अभिभावक र  विद्यार्थी भाइ बैनी हरुको महत्वपूर्ण योगदान र यस समुदायमा बस्ने सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनीको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । यो बिधालय एउटा नमुना विद्यालय को रुपमा भएपछि यस बिधालय का वरिपरिका भएका फिडर विद्यालयहरुलाई पनि सकरात्मक प्रभाव पार्ने भएको हुनाले आगामी दिनमा वरपरका सबै विद्यालय हरुपनि यसै गरि अगाडि बढ्नेछन् भन्नुभयो ।

कार्यक्रमको अन्तमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र थापाले धन्यबाद ज्ञापन सहित हीरक जयंती सफल पार्नमा सबैको उत्तिकै महत्व पूर्ण भूमिका रहेको बताउनुभयो ।जुनसुकै ठाउँमा रहेर पनि सबैले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दिनु भएको हुनाले नै आज विद्यालय यहाँ सम्म आउन सफल भएको बताउनु भयो। हाम्रो विद्यालयको हिरक जयन्तीको सुभअबसर मा देशकै प्रमुख व्यक्तित्व राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यता र आगमनमा कार्यक्रम समापन गर्न पाएकोमा म लगायत सम्पूर्ण पोखरा बासि एबम विद्यालय परिवार र सम्पुर्ण अभिभाबक सबै हर्षले गदगद भएको बताउनुभयो।

व्यवस्थापन समितिका अध्यक्ष चन्द्र थापा र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले प्रमुख अतिथि एवं राष्ट्रपति विद्यादेवी भण्डारीलाई मायाको चिनो अर्पण गर्नुभएको थियो भने कक्षा १० मा पढ्ने निसान परियारले कोर्नु भएको राष्ट्रपतिको स्केच तस्बिरलाइ निसान परियारले नै राष्ट्रपतिलाई आफैले अर्पण गर्नुभएको थियो।

कार्यक्रम को अन्त मा बिधालय मा विभिन्न समयमा सहयोग गर्नुहुने शैक्षिक, प्राज्ञिक व्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्दै हीरक जयंती कार्यक्रम समापन गरिएको थियो ।

-प्रकाश अधिकारी

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: