Worldlink Communications

डिस्ट्रीक गभर्नर लायन मणि रत्न वज्राचार्य को प्रमुख आतिथ्यतामा स्कुल परिवारलाई आकस्मिक स्वास्थ कक्ष हस्तान्तरण कार्यक्रम सम्पन्न

भाद्र १ तनहुँ

लायन्सक्लब अफ ईन्टरनेशन ३२५ एल नेपाल का डिस्ट्रीक गभर्नर लायन मणि रत्न वज्राचार्य ले स्कुल पढ्ने बाबू नानी हरुलाई आकस्मिक दुर्घटना वा बिरामी भएकाे अवस्थामा प्राथमिक उपचार गराउन सहज होस भन्ने उदेश्य राखी एक विधालय एक आकस्मिक स्वास्थ कक्षको कार्ययोजना राख्नु भय अनुसार लायन्स क्लव अफ तनहुँ खैरेनीटार द्वारा सरस्वती नमुना मा.वि. खैरेनीटार मा डिस्ट्रीक गभर्नर लायन मणि रत्न वज्राचार्य ज्यूको प्रमुख आतिथ्यतामा स्कुल परिवारलाई आकस्मिक स्वास्थ कक्ष हस्तान्तरण कार्यक्रम सम्पन्न भयकोछ।

क्लवका अध्यक्ष लायन नारायण पोख्रेलकाे अध्यक्ष्तामा भएको कार्यक्रम सचिव सुरेन्द्र श्रेष्ठले सन्चालन गर्नुुुभएको थियो।  डिस्ट्रीक गभर्नर मणि रत्न बज्राचार्य , 1st VDG परमेश्वोर बराल , 2nd VDG सुमन भट्ट , डिस्ट्रीक PRO मन कृष्ण श्रेष्ठ सर, women leadership chief तारा भुसाल , क्लवका फ अध्यक्ष एव्म कोअर्डिनेटर समुन्द्र राम श्रेष्ठ ,जाेन चियर पर्सन सुजित हिराचन कोअर्डीनेटर एव्म लायन्स क्लव अफ तनहुँ म्याग्देका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ , डिस्ट्रीक चियरपर्सन पिताम्बर तिम्सिना सर, लायन्स क्लव अफ तनहुँ बेलचौताराका अध्यक्ष उत्सव भुजेल स्कुल व्यस्थापन समितिका अध्यक्ष पवन कुमाल , स्कुल व्यवस्थापन समितिका पुर्व अध्यक्ष सुर्य मणि सुवेदी , प्र.अ. नारायण पौडेल , सहायक प्र.अ. सन्जिव श्रेष्ठ ,खैरेनीटार बजारईकाई सभापति पूर्ण कायस्थ क्लवका प्रथम उपाध्यक्ष प्रमाेद लामिछाने दृत्तिय उपाध्यक्ष श्रीराम सुवेदी,सचिव सुरेन्द्र श्रेष्ठ ,काेषाध्यक्ष शेसकान्त पाैडेल लगायतका लायन सदस्य हरू तथा शिक्षक बिद्यार्थी काे उपस्थिती रहेको थियो।

#Change_With_Humality नारामा आधारित रहि क्लबले यश वर्ष कार्यक्रम गर्ने अध्यक्ष ले बताउनु भयो। कार्यक्रम मा बाेल्दै गभर्नर ले एक क्लब एक आकस्मिक कार्यक्रम यसै कार्यक्रम बाट सुरूवात भएको र याे सुरू गरेकोमा क्लबलाई पुरस्कृत गर्ने घाेषणा गरे अनुसार लायन्स ले यश वर्ष समाजमा लामो समय सम्म छाप पार्ने काम गर्ने याेजना रहेको बताउनुभयो ।

कार्यक्रम बाेल्दै विद्यालय का प्र अ ले लायन्स काे याे सराहनीय कार्यले सरकारलाई गिजाईरहेकाे बताउनुभएको थियो। सरकारले गर्न नसकेको काम लायन्स ले गरेकोमा धन्यवाद दिदै स्कुलले  इ सामाग्री को भरपुर प्रयोग गर्दै संरक्षण गर्ने बताउनु भएको  थियो ।क्लबका संस्थापक अध्यक्षले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा सुजित हिराचन,प्रमुख अतिथि लगायतले बोल्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: