Worldlink Communications

लागूऔषध विरुद्ध एकदिने सचेतना मुलक कार्यक्रम सम्पन्न

भाद्र १ पोखरा

पोखरा महानगरपालिका वडा न.२० भलाम मा रिचमण्ड फलोसिप पोखरा लागु औषध उपचार तथा पुनःस्थापना केन्द्र पोखरा -११ काहु कास्की को आयोजना र पोखरा महानगरपालिका वडा २० तथा वडा प्रहरि कार्यालय बगरको सहकार्यमा लागु औषध विरुद्ध एकदिने सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।

लागूऔषध विरुद्ध सचेतना मुलक कार्यक्रममा रिचमण्ड पोखराका कार्यक्रम संयोजक विकास बरुवाल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जयनारायण आचार्यले गर्नुभएको थियो।

विशेष अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख  प्रहरी उपरीक्षक अजय केसी, वडा प्रहरी कार्यालय बगरका का प्रमुख प्रहरी निरीक्षक महेश कुमार आचार्य र पोखरा महानगर पालिका वडा न. २० का वडाध्यक्षको गगा बहादुर खत्री हुनुहुन्थ्यो।

करिब १०० जना भन्दा बढी को उपस्थिति मा भएको कार्यक्रममा सस्था का परामर्शदाता चेतन मल्ल ले स्वागत मन्तव्य राख्नुभएको थियो। श्री महेन्द्र माविका प्राचार्य बोधराज पौडेल लगायत विभिन्न टोल विकास समितिका अध्यक्षहरुको आतिथ्यतामा भएको कार्यक्रम अमृत कुमार भट्टराईले सन्चालन गर्नु भएको थियो।

प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्की का प्रमुख जय नारायण आचार्य ले हरेक बाबु नानी को पहिलो नैतिक शिक्षाको पाठशाला र पहिलो शिक्षा को घर उसको बुवाआमा नै भएको हुनाले घरमा राम्रो नीति नियम र अनुसासन,व्यवहार, आचरण अनुसार चलेको घर  पारिवारिक मायामोह बिच हुर्कन्छ भने त्यो हुर्केको परिवारहरु र घरहरूमा लागुऔषध प्रयोगकर्ताहरू जन्मिने छैनन् अर्थात जन्मिएका छैनन् तर जुन घरमा कल झै झगडा वैमनस्यता गरिबी अशिक्षा अभाव ग्रस्त परिवार र तिनका सदस्यहरु विभिन्न बहानामा विभिन्न कुलतमा फसेका हुन्छन् अपराधिक मनोवृत्ति भएका  हुन्छन् त्यसकारण सबैभन्दा प्रमुख लागुऔषध दुर्व्यसन बाट जोगाउनको लागि घर परिवार नै प्रमुख परिचय हो भन्नुभयो। सबैले सबै किसिमबाट बालबालिकाहरुलाई दुर्बेसन बाट जोगाउनको लागि आमा बुवा नै सचेत हुनुपर्ने बताउनुभयो । प्रहरी भनेको घटना घटिसकेपछि आएर गरिने उपचार मात्रै हो तर पहिला नै जोगाउने काम भनेको परिवारले गर्नुपर्छ भन्नुभयो।

महेन्द्र मा वि का प्रधानध्यापक बोधराज पौडेलले लागु औषध दुबयर्सन हुन बाट जोगाउन का लागि पारिवारिक रुपले शिक्षित बाबाआमा को महत्वपूर्ण भूमिका रहने बताउनुभयो । आज यस स्थानमा भएको कार्यक्रमले महेन्द्र मावि मा अध्ययन गर्ने ११/१२ कक्षामा अध्ययन गर्ने भाइबहिनीहरूको उपस्थित रहेको हुनाले पनि यो कार्यक्रम महत्वपूर्ण हुनेछ भने स्थानीय अभिभावक हरु लगायत बाबाआमा, दाजुभाई, दिदीबैनी हरु  को लागि पनि यो कार्यक्रम  राम्रो भएको बताउनुभयो। केही समयपछि मादक पदार्थ तथा लागु औषध उपचार सचेतना मुलक कार्यक्रम महेन्द्र मावि को प्राङ्गणमा नै आयोजना गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्री अजय के सी ले बालबालिकाहरुलाई लागुऔषध दुर्व्यसन बाट जोगाउनको लागि पारिवारिक माहोल राम्रो हुनुपर्ने आमाबाबा ले छोराछोरीको लागि साथीभाइको रुपमा रहेर सरसल्लाह कुराकानी व्यवहारिक काम गर्नुपर्ने हुन्छ  यसो गरियो भने मात्र आफ्नो परिवारमा कुन सदस्य कहाँ के कसो गर्दैछन् भन्ने जानकारी राख्ना ले मात्र पनि  मलाई बाबा आमाले खोज्नुहुन्छ कहा गएको सोध्नुहुन्छ यस्तो व्यबहारले पनि केही हदसम्म लागु औसध दुरबेसन बाट जोगिन सघाउ पुग्ने बताउनुभयो।

त्यस्तैगरी  वडा प्रहरी कार्यालय बगरका का प्रहरी निरीक्षक महेस कुमार आचार्यले लागु औसध दुरब्यसन मा परेपछी हुन आउने समस्या के कति छन त्यसको व्यावहारिक पक्षहरू बुझेर के कसरी त्यसको कुलत बाट बच्न सकिन्छ  समस्या के-के हुन् सक्छन् कुन कुन समयका बालबालिका हरु र कुन कुन उमेर समूहका मानिसहरू बढी दुरब्यसनि हुन्छन् भन्ने विषयमा  र तिनले जन्माएका  कानुनी सजाय हरु के कति छन ती विषयहरु को बारेमा जानकारी दिनुभएको थियो भने साइबर क्राइम ब्युरो केन्द्र मा सफल कार्यकाल बनाउदै पोखरा आउनु भएका महेस कुमार आचार्यले पोखरामा हुने र हुन सक्ने खतरालाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी  दिनुभएको थियो।

वडा न २० का वडाध्यक्षको गगा बहादुर खत्रीले पोखराको कर्णाली भनेर चिनिने एस भलाम बडा  न. २० मा प्रमुख अतिथिको रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जयनारायण आचार्यज्यू को उपस्थितिमा लागुऔषध विरुद्ध एक दिने सचेतना कार्यक्रम सम्पन्न हुन लागेकोमा  आफु र यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरु खुसी भएका छौ भन्नुभयो। ‌‌‌‌ यस क्षेत्रमा एउटा प्रहरी चौकीको आवश्यकता भएको अवगत गराउनुभएको थियो जसले गर्दा यहाँ का जनताले शान्ति सुरक्षा र अमनचयनको सास फेर्न पाउनेछन् भन्नुभयो।

कार्यक्रमको अन्तमा लागुऔषध  विरुद्ध सचेतना मुलक कार्यक्रम का सभापति तथा रिचमण्ड पोखराका कार्यक्रम संयोजक विकास बरुवालले हाम्रो यस संस्थाबाट गरिने सबै कार्यक्रमहरु लागू औसत विरुद्ध नै हुने भएको हुनाले यस संस्थाले यस क्षेत्रमा कहीं कतै त्यस्ता दुर्बेसनी हुनुहुन्छ भन्ने थाहा भएमा उहाँ हरुलाई बेलै मा सम्झाइबुझाई उपचार गरेर पुनःस्थापना गराउने वातावरण मिलाउन यस संस्थाले प्रमुख भूमिका  राख्दछ भन्नुभयो।

लागुऔषध दुरब्सयस‌न मा पर्ने बालबालिकाहरु प्राय गरी साथीभाइको करकापमा बाट नै यस्तो लतमा परेको हुनाले संगत  कस्ता को गर्ने भन्नेबरेमा पनि पारिवारिक रुपले सचेत हुनुपर्ने बताउनुभयो। कार्यक्रम को उद्देश्य लाई प्रष्टरुपमा बुझाउनको लागि लागि सचित्र सहित ब्याख्या गरिएको कार्यक्रम प्रभावकारी होस र आकर्षक होस् भनेर श्रब्य चित्रसहित मोनिटरमा विभिन्न किसिमका लागु औषत सम्बन्धी बुझिने किसिमका स्लाइडहरू देखाइएको थियो जस्ले गर्दा  सबैलाई बुझ्न सजिलो  भएको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: