Worldlink Communications

इन्द्रराज्यलक्ष्मी मा बि पोखरा लामाचौर ले ६९ औं वार्षिकत्सव मनायो

भाद्र १, पोखरा

पोखरा महानगरपालिका वडा न.१६ मा अवस्थित श्री इन्द्र राज्यलक्ष्मी माध्यामिक विद्यालयले ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भव्य र सभ्य रुपले मनाइयो।

वार्षिक उत्सवको शुभ उपलक्ष्यमा गरिएको कार्यक्रम को प्रमुख अतिथि गण्डकी प्रदेशका माननिय अर्थमन्त्री रामजी बराल  हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा क्रमश:जग्गादाताहरु, विद्यालयका संस्थापक अध्यक्षहरु, सदस्यहरु,११/ 12 का सस्थापक प्रमुखहरु, जन निर्वाचित प्रतिनिधि, शिक्षा बिकास समन्वय एकाइ प्रतिनिधिहरु, महानगर शिक्षा शाखाका प्रतिनिधि लगायत बिभिन्न  सङ्घ संगठन, आमा समूहका अध्यक्ष लगायत प्रतिनिधि हरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय गान र सरस्वतीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै सरस्वतीको बन्दना  गाउदै  कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रमको स्वागत नृत्य पछि प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ले कार्यक्रम उद्घाटन गर्नुभएको थियो।

लेखापाल शंकर केसीले आर्थिक प्रतिवदन प्रस्तुत गर्नुभएको थियो।प्रधानाध्यापक श्री केशवप्रसाद अम्गाई ले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारी ले अध्यक्ष मन्तव्य सहितको प्रतिवेदन पेस गर्नुभएको थियो ।

नवआदर्श सामुदायिक विकास प्रतिष्ठान का अध्यक्ष रेश्मा  शेरचन अधिकारी, पोखरामा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डे र  पोखरा महानगरपालिका १६ का अध्यक्ष अमृत तिमिल्सिना, महानगर शिक्षा शाखाका प्रमुख भीमप्रसाद आचार्य लगायत सबै ले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न विधामा काम गर्नुहुने सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

२०१० सालमा स्थापना लामाचौर चोकमा सुरुवात भएको प्राथमिक विद्यालय नै यसको प्रारूप भएको यस विद्यालयलले २०१५ सालमा इन्द्रराज्यलक्ष्मी कन्य प्राविका रुपमा स्वीकृत भएको ,२०३४ सालमा इन्द्रराज्यलक्ष्मी नि.मा.बी का रुपमा स्वीकृत भएको, २०४६ सालमा इन्द्रराज्यलक्ष्मी मा बि अस्थायी स्वीकृत भएको ,र २०५२ सालमा इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको  स्थाई स्वीकृति भएको र २०६८ सालमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विसय अध्ययन अनुमति प्राप्त गरि आज यहा सम्म आउदा यस विद्यालय ले  विभिन्न आरोह अवरोह पार गर्दै कक्षा नर्सरीदेखि १२सम्म सञ्चा लित हुँदै आएको विद्यालयका प्रधानध्यापक केशव प्रसाद अम्गाइ ले बताउनुभयो।

कार्यक्रममा उपस्थित विभिन्न महानुभाब हरुले विद्यालयको हिजोको अवस्था र आजको अवस्थालाई तुलनात्मक रूपमा निकै राम्रो प्रगति गरि अगाडी बढी रहेको बताउनुभएको थियो भने अझै धेरै प्रगति गर्नुपर्ने चुनौती हरु पनि थपिँदै गएको बताउनुभएको थियो।

प्रमुख अतिथी गण्डकी प्रदेशका माननीय अर्थमन्त्री रामजी बराल जीवनले आफू कहि न कहीं यस क्षेत्रको विकासका हरेक पाइलामा पहिलादेखि नै ठोकिँदै आएको भएपनि यहाँको विकासको बारेमा आफूले पनि चिन्तन लिएको भएपनि भने जति  गर्न नसकिएको बताउनुभयो। शैक्षिक क्षेत्रमा त झनै धेरै गर्नुपर्छ भन्ने मान्यता रहँदा रहँदै पनि भने जति गर्न सकिएको होइन कि भन्ने लागिरहेको यस अवस्थामा विद्यालयको प्रशासनिक  भवन बनाउनुपर्छ भन्ने माग भएअनुसार त्यसलाई प्रदेश सरकारबाट ३० लाख रुपैयाँले सम्बोधन गरिएको बताउनु भयो। बजेट अपुग छ भन्ने कुरो थाहा पाउँदापाउँदै पनि आगामी दिनमा बजेट अपुग भएमा अर्थमन्त्रालयले  त्यस को अपनत्व लिने बताउनुभएको थियो बताउनुभयो।

शिक्षा क्षेत्रलाई राम्रो असल बनाउनको लागि हरेक शाैक्षिक क्षेत्र र हरेक सरकारी कार्यालयमा काम गर्ने कर्मचारी सबैले सरकारी स्कुललाई आफ्नो स्कुल बनाएर पढ्न पठाएमा विद्यालयको काँचुली आजको भोली नै फिर्ने दावा गर्नुभयो ।

विद्यालयका शिक्षकहरुले आफुले पढाएको बिधालय शिक्षालाई कमजोर ठान्दै अविश्वास गर्दै आफ्ना छोराछोरीहरु लाइ निजि मा शिक्षण गरेकै कारण ले सरकारि विद्यालय को स्तर खस्केको हो भन्नुभयो।

सरकारि विद्यालय मा जागिर खाने र निजी विद्यालयहरु मा जागिर खाने शिक्षकहरुको तुलनामा सरकारी  बिधालय का शिक्षकहरु को तलब  धेरै र तालिम प्राप्त शिक्षक हरु छन् भने निजी स्कूलका शिक्षक हरू तलब थोरै श्रम  धेरै गर्छन् तालिम पनि छैन यो बिसय यो खाडल लाइ चिर्न जरुरी छ भन्नुभयो।

सबै मिलेर बिधालय शिक्षा लाइ राम्रो बनाइ  यहाँका  रैथानेहरु का बच्चाहरुलाइ  इन्द्र राज्यलक्ष्मी माध्मिक बिद्यालयमा पढाउने वताबरण बनाउन अब के ले रोकेको छ भन्नुभयो ।

कार्यक्रमको अन्तमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  कृष्ण प्रसाद अधिकारी मैले यसै विद्यालयमा करिब ३३ वर्ष लामो शिक्षण गरेर अवकाश भएपछि २०७६ सालमा यस विद्यालयको अध्यक्षको रुपमा प्रवेश गरेको बताउनुभयो। व्यवस्थापन समितिको अध्यक्ष बनेर प्रवेश गरिसकेपछि यहाँका केही अधुरा पक्षहरूलाई पुरा गर्दै स्तरउन्नती गर्ने, परिमार्जन गर्ने, परिस्कृत गर्ने तथा केही नवीनतम कामहरू गरेर समग्र शैक्षिक विकास गर्दै यस विद्यालयलाई थप उचाइमा पुर्याउने सोचका साथ काम गरेको बताउनुभयो ।दुखको कुरा जस्तो सुकै राम्रो काम गरेपनि खुट्टा तान्ने र काम गर्ने दौडानमा तर्वार बन्न खोज्ने मानिसहरु समाजमा समाजमा अझै पनि रहेछन् भन्ने तीतो अनुभव राख्दै मन अमिलो बनाउनुभएक भएको थियो। विद्यालयको हितमा गरदै गर्दा असल कामको विरुद्धमा अख्तियारमा उजुरी दिएर मलाई आफ्नो कामप्रति थप जिम्मेवारी बनाई सजग बनाइदिनु हुने काम गर्न मा थप मजबुत गर्नुहुने सबैको प्रति यसै मञ्चबाट आभार व्यक्त गर्न चाहन्छु बन्नुभयो।

यस विद्यालयमा अध्यक्ष भएर आइसकेपछि विद्यालयका अधुरा कामहरु सटर निर्माणको कार्य, ब्लक बिछ्याउने कार्य, सटरका लागि सब मिटर जडान गर्ने कार्य र विभिन्न सघसंस्था हरूबाट प्राप्त पानीका टेङ्की पानीका धाराहरुको संरक्षण र अपुरा काम हरुलाई पुरा गर्दै आएको बताउनुभयो । अत्याधुनिक  प्रवेशद्वार निर्माण देखि विद्यालयका शैक्षिक भौतिक सबै सामग्रीहरुमा निष्पक्षता का साथ कुनै पनि दुराभाब नराखी आजको दिन सम्म काम गरको बताउनुभयो।

विद्यालयमा शिक्षकको पहुच, विद्यार्थीहरुको ज्ञान सीप र अभिवृद्धि ,कर्मचारीहरुको सहयोगलाई हितमा राख्दै समग्र  समाजको प्रतिनिधित्व गर्दै समाजलाई छातीमा राखी समाजलाई मनमा राखी विद्यालय को स्तरउन्नतिको लागि अगाडि बढाउने कार्यमा दत्तचित्त भएर बिना लोभलालच अगाडि बढेको बताउनुभयो।

खेल मैदान सम्याउने ग्यारेज निर्माणको बनाउने पार्क निर्माण शौचालय निर्माण क्यान्टिन निर्माण भवनको रङरोगन विद्यालयको  छानाहरु समेत नभएको र छानाहरु बनाएको आइसिटीको सामग्री खरदि गरेको , कक्षाकोठामा ध्वनि प्रदुषण वायु प्रदूषणको प्रभाव न्यूनीकरण गरेको, विद्यालय मञ्चको व्यवस्थापन गरेको भवनको निर्माण योजना बन्न लाई अगाडि बढाएको बालउद्यान निर्माणमा सडक निर्माणका सबै सवालहरु पूरा गरेको बताउनुभयो। अन्त्यमा विद्यालयहरु सग सम्बन्धित हरेक वस्तुहरु संगै सांस्कृतिक धार्मिक सबै विषय बस्तु लाइ ध्यान दिएर अगाडि बढ्ने प्रयास गरिरहेको बताउनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: