Worldlink Communications

अनेरास्ववियु जिल्ला कमिटी कास्कीद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता: प्रमुख अतिथी होम नेपाली

भाद्र २ पोखरा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी कास्कीद्वारा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको प्रमुख अतिथी अनेरास्ववियुका पुर्व सचिवालय सदस्य एबम नेकपा एकीकृत समाजबादी जिल्ला सचिव होम नेपालीको प्रमुख आतिथ्यतामा र अखिल कास्की अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न भयो ।

भेलाको विशिष्ट अतिथी अखिल उपमहासचिव राजन शर्मा पराजुली अखिल स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने सचिवालय सदस्य बिकाश रेग्मि , एस जिल्ला सदस्य चक्र बिक महानगर सदस्य बिकास पहारी अखिल क्याम्पस कमिटीका अध्यक्ष रसिक न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

हाजिर जवाफ प्रतियोगितामा श्यामप्रसाद सापकोटाको समूह प्रथम ,सन्देश लामिछानेको समूह द्दित्तिय र माधव भट्टराईको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ साथै बिजयी प्रतियोगीहरुले प्रथम पुरस्कार बापत १० हजार , द्दित्तिय पुरस्कार ७ हजार र तृतीय पुरस्कार रु ५ हजार नगद र मेडल समेत प्राप्त गरेका थिए ।

रचनात्मक क्रियाशिलताको आन्दोलनलाई थप उचाईमा पुर्याउने उद्देश्यले  प्रतियोगिताको घोषणा गरेको अखिल केन्द्रीय सचिवालय सदस्य बिकास रेग्मिले र कार्यक्रमको सन्चालन जिल्ला उप सचिब जीवन अधिकारीले गर्नु भएको थियो । हाजिरजवाफ प्रतियोगिताको सन्चालन अखिल स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले गर्नु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: