Worldlink Communications

पोखरा १६ का जनताले यो नियति कहिलेसम्म भोग्ने

भाद्र १२, पोखरा

पोखरामा तिनदिन अघि देखिको अबिरल बर्षाको कारणले वडा न. १६ द्वीपमा बस्ने रामजि प्रसाद तिवारीको ११ वर्षिय छोरा रबिन तिवारीको भाद्र १० गते बेलुका ७:३० बजे अचानक ढलमा परि निधन भएको छ ।

भाद्र १० गते स्कुलबाट पढेर आएका रबिन तिजको दरखाने कार्यक्रममा आमासँग आफ्न्त को मा गएका रबिन घर फर्कीने क्रममा पानी परिरहेकै थियो । बाटोमा अत्याधिक पानीको बहावको कारण पानि रोड भन्दा धेरै नैं माथि बगेको थियो नाला मा कहाँ सल्याब  छ कहाँ छैन भन्ने एकीन नभएपछि  सबै  सम्मै देखिए को कारण ले दिप सम्म बालबाल बच्दै आइपुग्दा अचानक चोकमा सल्याब नभएको खाली ठाउँमा एक्कासि  टेक्न पुग्दा आमाको हातबाट छुटेर नालिमा बगेका रबिन तिवारी लाई ब्चाउन आमाले हारगुहार गरे लगत्तै प्रहरी र स्थानियवासी हरूको सहयोगमा खोजी गर्दा करिब एक घण्टापछि रबिन लाई फेला पारिएको थियो । तत्कालै उपचार का लागि अस्पताल लगीएको रबिनलाइ गण्डकी अस्पताल का डा. ले मृत घोषणा गर्नुभएको थियो।

लामाचौर देखि दिपचोक सम्म यस्ता घटनाहरु विगत वर्षहरु देखि नै हुँदै आएको भएपनि यस बाटो लाइ राज्यपक्ष बाट बेवास्ता गरेको र  कहिल्यै पनि गम्भीरतापूर्वक नलिएको कारणले नै यहाँ पटक पटक यस्ता दुर्घटनाहरु भइरहेको स्थानीयबासीहरु बताउनुहुन्छ।

यस किसिमका दुखद घटनाहरु लाई आगामी दिन हरुमा  फेरिपनी यस्ता घटनाहरु नघटुन अर्थात कमहुनु पर्छ भन्नका लागि पुर्ब वार्ड अध्यक्ष जीवन प्रसाद आचार्य ले लामाचौर देखि दीप चोक सम्मको बाटो निर्माणमा कार्यमा माननीय बिध्यादेबि अधिकारीको ध्यानाकर्षण गराउनु भएको  र उहाँकै  पहलमा बजेट निकासा भइ तदारुकताका साथ बाटो लाई चक्ला बन्दी गर्ने नाला बनाउने कार्य भैरहेको तर बिचमा कामगर्ने ठेकेदार कम्पनीको ढिलासुस्ती ले गर्दा काम रोकिएको भए पनि बनेको नाला माथि स्ल्याब राख्दै जाने  कार्यहरु नया जनप्रतिनिधि हरुको निगरानी मा भइरहेकोले सल्याब राख्ने समयमा कहि राख्ने कहि नराख्ने गरि राखिएको  हुनाले यस किसिमको दुखद घटना घटन गएको नेकपा एमाले १६ का पार्टी अध्यक्ष राजेश गुरुङले परिवर्तन न्युज डट कम लाइ बताउनु भयो ।

यसैविषयमा पूर्व वडाध्यक्ष जिबन प्रसाद आचार्य ले यो बाटोमा ढल निकास नहुँदा पटक-पटक मोटरसाइकलसहित डुबेको र पटकपटक मानिसहरु को दुखद निधन हुने विषयलाई आत्मासाथ गर्दै संघीय माननीय विद्या देवी अधिकारीलाई यो बाटो बनाउनु पर्छ भन्ने मा  कन्भिन्स गरेपछि माननिय बिधा देबि अधिकारीले सडक विभाग सँग सहकार्य गर्दै बाटो चक्लाबन्दी सहित नाला  बनाउन लागिएको  भएपनि असल र राम्रो ठेकेदार को अभावमा यो बाटोले पूर्णता पाउनमा  ढिलासुस्ती भएको नै हो  भन्नुभयो। पछिल्ला दिनमा बनेको नालामा सल्याब राख्ने काम नयाँ वडाध्यक्ष सहितको टिमले गरेको हुनाले सो काम धराप राखे झैं! कहि सल्याब राखेको! कहि नराखेको ! त्यसको राम्रो निग्रानि राख्न नसकेको हुनाले यसमा मेरो अहिले का जनप्रतिनिधिहरु काममा जिम्मेवारी के हो भन्ने  नजानेको र दिनमा तीनपटक खादा र माला थापेर सम्मान कार्यक्रम हिडन मात्र जानेका हुनुहुदोरहेछ भन्नुभयो  उहाँले यस्तो संबेदनसिल  विषयमा ध्यानदिनु पर्दैन भन्दै नाला मा पासो थापेर मान्छे मार्ने काम गर्नुभएको छ भन्ने आरोप लगाउनु भयो। जहाँ सम्म अहिले आएको पाच करोड कुरा छ त्यो कहाको लागि प्रष्ट छैन अर्मला गए त्यही पैसा महेन्द्र्गुफा गए त्यही पैसा जहाँ गयो त्यही पैसा भन्नुहुन्छ त्यहीभएर यो पैसा कहाको हो ठेक्का टेण्डर नगरुन्जेल र काम नभैन्जेल कत्ति पनि बिस्वास छैन यो सब चुनाबी प्रपोकाण्ड हो भन्नुभयो ।

यस किसिमको अकल्पनीय, दुखद ,अप्रिय र निर्दयी समाचार लेख्न हात काँपिरहेको छ हामि सन्चारकर्मीलाई कहिले बाट यस किसिमका समाचार लेख्न बाट बन्चित गर्नुहुन्छ भनि वडाध्यक्ष अम्रित तिमिल्सिनालाई प्रस्न गर्दा अमृत तिमिल्सिना भन्नुहुन्छ अहिले प्रदेश सरकारबाट यही नाला बाटो र सल्याबको लागि पाँच करोड विनियोजन भएको छ यो बजेटले यहि बाटो यहि आर्थिक बर्ष भित्रमा सक्ने कुरामा बिस्वास दिलाउदै आगामी दिनमा पक्कै पनि तपाईहरुलाई यस्ता अप्रिय समाचार लेख्नमा धेरै कमी ल्याउने छौ भन्नुभयो ।

परिबर्तनन्युज . कम को तर्फ बाट पनि प्यारो सानो बाबु तिम्रो बासस्थान मा जहिले पनि असल र सभ्य बाताबरण बनि रहोस तिमिले बस्ने स्थान मा जहिले पनि फुलरुपि स्वर्ग को अनुभूति भैरहेको होस। आसा गरौ अगामि दिनमा तिम्रो जस्तै कारणले कसैले पनि ज्यान गुमाउन पर्नेछैन। निरन्तर अबिरल वर्षाको कारण र  अव्यवस्थित ढल नाला भएकोले बाटोनै भरिने गरि आएको भेलले बगाउदा तिमीलाई गुमाउनुको पीडाले सबै मर्माहत भावबिह्वल भएको यस दुखद घडिमा परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दै  बाबु रबिनको आत्माको चीर शान्तिको कामना गर्दछौ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: