Worldlink Communications

दिप युनाइटेड क्लबको आयोजनामा १०९ युनिट ब्लड संकलन:अध्यक्ष

भाद्र १२,पोखरा

नेपाली नारीहरुको महान चार्ड हरितालिका तिजको पावन अवसरमा दीप युनाइटेड क्लव पोखरा १६ ले भाद्र ११ गते गरेको रक्तदान कार्यक्रममा १०९ युनिट ब्लड संकलन गर्यो ।

दिप युनाइटेड क्लवको आयोजना र कामना सेवा बिकास बैंक को सहआयोजनामा तथा मिडीया पार्टनर प्रमुख खबर.कमको सहकार्य मा “रक्त दान जीवन दान जिवन दान महादान” भन्ने नारालाइ बास्तबिकता मा बदल्दै स्थापना कालदेखि आजसम्म पनि यो कार्यक्रम लाइ निरन्तरता दिदै आएको आज को यश कार्यक्रम को अध्यक्षता सस्था का अध्यक्ष  खेमराज आचार्य ले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखरामहानगर पालिका का अध्यक्ष  अमृत तिमिल्सिना ले गर्नु भएको थियो कार्यक्रम लाइ भब्य र सभ्य बनाउन को लागि सस्थाका सचिब भिम प्रसाद आचार्य ले सन्चालन गर्नुभएको थियो।

तीनदिन अघिदेखि पोखरामा परेको अबिरल बर्षाका कारण दिप चोक सुन्दर फिडको नालामा परि भाद्र १० गते बेलुका ७:३० बजे ११ वर्षिय बालक रबिन तिवारीको असमाइक  दुर्घटना मा परि दुखद निदन हुन गएको मा हामी सम्पूर्ण क्लब परिवार स्तब्ध छौ र आज को ब्लड डोनेसन कार्यक्रम पनि बाबू रबिन कै नाममा समर्पित गरी संचालन गरिएको जानकारी कार्यक्रम संयोजक तारा बहादुर थापा मगरले दिनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष बिष्णु कुमारी गुरूङले राख्नु भएको थियो भने प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष अमृत तिमिल्सिनाले  रक्तदान जीवनदान भएको कारणले यस किसिमका कार्यक्रम ले समाज मा सकरात्मक सन्देश जाने भन्दै अति नै खुसी ब्यक्त गर्नु भएको थियो यसै गरि वडा भित्र रहेका सबै संघ संस्थाहरूले यस्तै कार्यहरु गर्नुपर्छ भन्नुभयो यसरी काम गर्ने दौडानमा सस्था लाइ आइपर्ने सामान्य समस्या समाधानका लागि वडा को तर्फ बाट के कति सहयोग गर्न सकिन्छ यस्को निम्ति वडा तत्पर रहेको बताउनु भयो साथै हिजो बेलुका घटेको दुखद घटना ले सिङगो वडा कार्यालय, वडाबासि  र आफू स्तब्ध भएको मर्माहित भएको बताउनुभएको थियो।

कार्यक्रम को अध्यक्ष्ता गरिरहनुभएका खेमराज आचार्यले रक्तदान कार्यक्रम आफैमा एउटा सामजिक कार्य भएको बताउनु भएको  थियो।दिप युनाइटेड क्लबले विभिन्न समयमा जनसमुदाय सङ प्रत्यक्ष जिबन सङ सरोकार राख्ने सामाजिक कार्यहरूमा अग्रसर रहदै आएको बताउनुभएको थियो।  दिप चोक मा भाद्र १० गते साँझपख करिब ७:३०भएको अकल्पनीय दुखद अप्रिय कहाली लाग्दो घटनाले म र दिप युनाइटेड क्लब लगायत सबैसबै  मर्माहित भएको यस दुखद क्षण मा दिवंगत आत्माको चिरसान्ति को कामना गर्दै बाबु कै नाममा  समर्पित  आज को कार्यक्रम मा १०९ युनिट ब्लड संकलन गरिएको बताउनु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: