Worldlink Communications

व्यावसायिहरुको सुनिश्चित भबिस्य निर्माणका लागि मेरो उमेदवारी-हर्क बहादुर अधिकारी

भाद्र १५, पोखरा

पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औं महाधिवेशन यहि भाद्र २४ र २५ गते हुदैछ भने महाधिवेशन बाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिने छ । उम्मेदवारहरुले अआफ्नो उम्मेदवारी दिने क्रममा उपमहासचिव पदमा हर्क बहादुर अधिकारी (मिराज) ले आफ्नो सारगर्भित उम्मेदवारी दिनुभयको छ।

विगत १८ वर्षदेखि व्यवसायिक क्षेत्रमा लाग्नुभएका हर्क बहादुर अधिकारी (मिराज) विगत चार वर्षदेखि लगातार दुईपटक सम्म पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा रहेर काम गरि सक्नुभएको छ।

जुनसुकै व्यवसाय पनि व्यक्तिगतभन्दा सामूहिक रुपमा गर्नुपर्छ भन्ने मान्यता राख्दै आउनुभएका र उद्यमशीलता ले रोजगार आफैं सिर्जना हुन्छ भन्ने भावना राख्ने कुशल अभियान्ता कै रुपमा खरो रुपले फिल्डमा उत्रेका र उत्रन सक्ने  हिक्मत र सहास भएका हर्क बहादुर अधिकारीले अहिले पनि धेरै सामूहिक उद्यमशीलतामा काम गर्दै आउनु भएको छ ।

अहिले पनि ब्यबहारीक रुपमै सामुहिक लगानिमा काम गरिरहनु भएका सस्था सि. टि. वान टेलिभिजन को सचिव हुनुहुन्छ, माउन्ट एभरेस्ट डेभलपर प्राइभेट लिमिटेड को अध्यक्ष हुनुहुन्छ ,बन्दीपुर केबुलकार को निर्देशकहुनुहुन्छ भने पोखरा च्याम्बर अफ कमर्स को कार्यकारी सदस्य दुई कार्यकालसम्म अनुभव लिइसक्नु भएको छ।

हर्कबहादुर अधिकारीले फेरि पनि सामुहिकता लाई ध्यान राख्दै पोखरा महानगर पालिकाको सम्भबित आधुनिकि करण गर्न यहाका जनतालाइ कृषिमा आत्मनिर्भर बनाइ सुबिधा सम्मपन्न र ब्यबस्थीत पर्यटकीय शहर निर्माणको महाअभियानमा अवस्यक पर्ने ब्यबस्थित भबन सहितको बजारीकरण गरि पोख्रलीहरु को जिबनलाई उधमी बनाउदै आय आर्जनको मार्ग प्रस्सत गर्दै रोजगार सिर्जना गर्नुपर्छ भन्ने लक्षका साथ पोखरा च्याम्बर अफ कमर्स को ३४ औ महाधिवेशन मा उपमहासचिव पदमा उमेदवार दिएको हामिलाइ बताउनु भयो।

माउन्ट एभरेस्ट एउटा सामुहिक उद्यमशिलताको अभियान हो भने बन्दीपुर केबुलकार पनि सबै को थोरै थोरै पैसालाई एकीकृत गरेर धेरै लगानी गरी देश भित्र  रोजगारी सिर्जना गर्ने नियतका साथ ल्याइएको अबधारणा नै बन्दिपुर केवल कार हो भन्नुभयो । यस्तैगरी पर्यटन र रियलस्टेटको विकास संगै निर्माणले नयाँ संरचनाका साथै बिल्डिङ र  आवासीय घरहरु पनि आवश्यक पर्ने भएको हुनाले रियल स्टेटको पनि त्यत्तिकै महत्वपूर्ण योगदान रहने बताउनुभएका अधिकारी  विजयपुरको कोलेनिमा व्यवस्थित बसोबास गर्न लगाई राम्रो मोडेल को बस्ती बसाल्न सकिन्छ भन्नुभयो।

विभिन्न कृषि, पर्यटन र रियलस्टेट लगायत बन्दीपुर कारको सामूहिक उद्यमशिलताको रुपमा फरक तरिकाले काम गरेको  एउटा व्यवस्थित शहर बनाउनको लागि राम्रो र बलिया भबन बनाउन आवश्यकता पर्छ त्यसको लागि रियलस्टेट को महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्नुभयो । १८ वर्षसम्म विभिन्न पदमा रहेर विभिन्न प्रशासनिक दैनिक समस्यासँग जुझ्दै आएको र आगामी दिनमा अरु कसैले पनि आफुले भोगेको समस्या र विषयको कारण ले कोही पनि उद्योगि व्यवसायी  हताास हुन नपरोस उद्योग व्यवसायमा घाटा भएर ढोका लगाएर हिडन नपरोस् त्यसको सुरक्षाका लागि मेरो उमेदवारी हो भन्नुभयो अझै सबै विषयहरू आफ्नै समस्या ठानेर विभिन्न किसिमको माध्यम बाट सहयोग गर्ने तीब्र इच्छा आकांक्षा भएको सङै हरेक किसिमले आफ्नो उम्मेदवारी परिपक्क, विश्वासिलो ,दर्बिलो र सार्गर्भित भएको र आफुलाई सबै साथीहरुले  कुनै न कुनै आधारमा सबैले म प्रति बिश्वास गर्नुभएको छ र मैले पनि बिश्वास गरेको हुनाले यो अधिबेशन मा मेरो उपमहासचिब पदमा उम्मेद्बारी हो भन्नुभयो।

पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा देशविदेश घुम्न गएको बताउनुहुने अधिकारी ले पोखरा च्याम्बर अफ कमर्सको तर्फबाट ब्यबसाय लाइ कसरी राम्रो बनाउन सकिन्छ भन्ने हेतुले अबलोकन भ्रमण घुम्न गएका देशहरुमा युरोप अस्ट्रेलिया लगायतका देशहरुमा गई त्यहाको नेपाली बिजनेस को बारेमा तुलनात्मक कन्सेप्ट तयार गर्दै नेपाली बजारमा रहि के गर्न सकिन्छ त भन्ने बिषय र  विभिन्न  किसिमका व्यवसाय मा लाग्नुभएका साथिहरु को हकहितका निम्ति अधिकार को निम्ति बेला बेलामा गरिएको अध्ययन अवलोकन भ्रमण गरेर सिकेका विषयलाई व्यवहारमा उतार्दै बिदेेशमा देेेेखेका सिकेका महत्वपूर्ण विषयहरु लाइ भन्ने, देखाउने अनि सिकाउने क्षमता राखेको व्यवहारमा उतारेको  उधोगिब्यबसाइ लाई सर्वविदितै छ भन्नुभयो।

हर्क बहादुर अधिकारी (मिराज )भन्नुहुन्छ म अझै कन्फिडेन्स का साथ भन्छु मलााइ  सबै उधोगी व्यावसायि साथिहरुले मेरो ब्यबसाय प्रतीको इमान्दारिता अनि निरन्तर को लगााब र बिश्वासलाई टुटन दिनु हुनेछैन त्यसैले नतमस्तक भै मेरो काम गर्ने तिब्र इच्छा लाई आत्मसात दीदै हस्तेमाहैसे गरेर काम गर्ने मौक दिनुहुनेनै छ भन्ने विनम्रता पुर्बक अनुरोध गर्दै हजुरहरु को अमुल्य मत म र मेरो प्यानल लाइ  बिश्वासकासाथ दिई बिजय गराउनु हुनेछ भन्ने पुर्ण बिश्वास गरेको  परिबर्तनन्युज.कमलाइ भन्नुभयो।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: