Worldlink Communications

जय गणेश बचत तथा ऋण सहकारी संस्थाको१२औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न

भाद्र १८, पोखरा

पोखरा महानगरपालिका वडा नं.१९ सहरडहरमा अवस्थित जय गणेश बचत तथा ऋण सहकारी संस्था लि को १२ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन जित इभेन्ट पार्टी प्यालेस मा  सम्पन्न भएको छ सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्ष नरेशकुमार श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ।

जय गणेश बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष सबिन जी सी को अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे हुनुहुन्थ्यो भने कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लगि सस्था का सचिव पदमा रानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा पोखरा १९ मा रहेका विभिन्न पार्टीहरुका अध्यक्षहरु लगायत विभिन्न सङ्घसंस्थाका अध्यक्षहरु र जय गणेश बचत तथा ऋण सहकारी संस्था का संस्थापक सदस्यहरु संस्थाका संस्थापक सल्लाहकार, समितिका सदस्यहरु सल्लाहाकारहरु विभिन्न उपसमितिका संयोजक र सदस्यहरु हरु लगायत ४२७ जना सेयर सदस्य को बाक्लो  उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको शुरुवात अध्यक्ष सविन जि सि ले साधारण सभामा आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो सो क्रममा जय गणेश बचत तथा ऋण सहकारी संस्था २०६७ साल मंसिर २ गते स्थापना भएको बताउनुभयो। “एकका लागि सबै सबैका लागि एक” भन्नै सहकारिता को मूल्य मान्यता र मन्त्र सबैले जप्दै आज हामि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरि सकेको यो परिवेशमा संस्थामा हाल महिला सदस्य ९१४ पुरुष सदस्य ७२० गरी कुल १६३४ जना शेयर सदस्य रहेको जानकारी गराउनुभएको थियो भने संस्थाका सचिव पदमा रानाले पनि १२ औं बाषिर्क साधारण सभाको सो अवसरमा आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो। त्यस्तै गरि कोषाध्यक्ष भिम प्रसाद पौडेलले पनी आफ्नो प्रतिवेदन पेश गर्नुभएको र लेखा समितिका संयोजक रमेश थापाले पनि आफ्नो लेखा प्रतिवेदन पेस गर्नुभएको थियो।

विभिन्न संघसंस्था हरुबाट आउनुभएका उपस्थित सम्पूर्ण अतिथिले आफ्नो मन्तव्य राख्ने क्रममा जय गणेश बचत तथा ऋण सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने संगै जय गणेश बचत तथा ऋण सहकारी संस्थाले गरेका अनुकरणीय कामहरूको प्रशंसा गर्नुभएको थियो। विशेषगरी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे, नवआदर्श सामुदायिक विकास प्रतिष्ठान का अध्यक्ष रेशमा शेरचन अधिकारी, एमाले १९ का अध्यक्ष बिष्णु प्रसाद गौतम, नेपाली कांग्रेस का विष्णु बास्तोला, माअोवादीका निर्मल बास्तोला लगायत ले मन्तव्य राख्नु भएको थियो।

 

सहकारीहरुको तर्फबाट जय मनकामना बचत तथा ऋण सहकारीका सस्था का अध्यक्ष संजय बहादुर अधिकारीले देशको राजधानी काठमाडौंमा १/२ वटा सहकारीहरु भागेको प्रसङ्ग जोड्दै यहाँका सहकारीहरु जनस्तरबाट उठेको आफ्नै माटो बिजारोपण गरेको सस्था को र उम्रेको हुर्केको र बढाइएको सस्था भएको हुनाले कोही कसैले पनि अनावश्यक सका गरेर दुःख नलिनुहोस् यहाँका सहकारी भनेका तपाईहरुकै भाइ छोरा हरुले नै नेतृत्व गरेको सहकारी हुन यहा तपाईले कुनैपनि व्यक्ति वा संस्थागत कसैले पनि सहकारीको विषय लाइ लिएर कोहीपनि नडराउन नतर्सिन अनुरोध गर्नुभएको ।

पहिलो कार्यक्रमको सेसन सकेपछि दोस्रो सेसनमा अध्यक्ष सबिन जि सीले आफ्नो प्रतिवेदन,लेखा समितिको प्रतिवेदन र प्रस्तुत भएका सबै प्रतिवेदनहरु यो हल ले पहिलानै पास गरिसकेको भएपनि कहिँ, कतै, कुनै, केही कसैको गुनासो भएमा अझै पनि सो गुनासोहरु गर्ने मौका दिनुभएको थियो। कहीँकतैबाट केही गुनासो नआय पछि सबैले फेरि पनि पास भएकोे घोषणा गर्दै ताली बजाउन अनुरोध गर्नुभए सन्ङै तालिबजे कोले  अर्को समिति निर्माण गर्नको लागि मार्ग प्रशस्त गर्दै  अध्यक्ष पदबाट र आफू मातहतका सम्पूर्ण समितिहरुको कार्यकाल सकिएको घोषणा गर्नुभएको थियो। नयाँ समिति बनाउनकोलगि बुद्धि बहादुर खत्रीको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति बनाई नयाँ कार्यसमिति निर्माण गर्ने प्रक्रिया सुरु गरिएको थियो ।

निर्वाचन मण्डलले आफ्नो जिम्मेवारी पाएलगत्तै कार्यक्रम सुरु गरे अनुसार सबैको उम्मेदवारी मागेपछि अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदमा १/१ जनाको मात्र उमेदवार परेपछि उहाँहरु निर्विरोध चयन हुनुभएको थियो। जसमा अध्यक्ष नरेशकुमार श्रेष्ठ उपाध्यक्षमा पदमा राना र कोषाध्यक्षमा भिम प्रसाद पौडेल निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन मण्डलले घोषणा गरिएको थियो।

सचिव पदमा मा दुईजनाको उम्मेदवारी परेको थियो भने सदस्यहरु पाँचजना चाहिने स्थानमा १८ जनाको उम्मेदवारी परेको थियो जसलाई सहजीकरण गर्नको निम्ति रमेश थापा निलराज आत्रय लगायत पाँच जनाको समिति निर्माण गरेर सहजीकरणको प्रयास गर्दागर्दै पनि सचिव र केहि सदस्यहरु बिच मा कुरा नमिलेपछि चुनावमै जाने घोषणा गरे अनुसार सचिव पदमा हरि बरुवाल र अर्जुन केसी बिच एक पदको लागि र सदस्यहरु १८ जना भए पनि १२ जना बिच ५ पदको चुनाव गरिएको थियो।

चुनावको परिणाम अनुसार निर्वाचन समितिले सचिव पदमा अर्जुन केसी र सदस्य हरुमा क्रमश गगा आत्रय ,रस्मिला नेपाली, शिव पौडेल, लक्ष्मण खत्रि र योगेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको र लेखा समितिमा पनि समितिको संयोजकमा बल बहादुर श्रेष्ठ र पुनम बस्नेत निर्बिरोध निर्बाचित हुनुभएको घोषणा गर्नुभएको थियो।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: