Worldlink Communications

कक्षा १२ को नतिजाले करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) कास्की मा अगाडि

भाद्र २०,पोखरा

पोखरा महानगरपालिका वडा नं १ सिम्पानी मा अवस्थित करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) ले गत शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा कास्की जिल्ला मै तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।

यो सफलता स्थापनाकालदेखि नै करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) मा शिक्षण गर्नुहुने सम्पूर्ण शिक्षक हरूको अथक मिहिनेत र प्रयासलाइ  व्यवहारमै उतारेर सबै एकढिक्का भएर लागेको मेहनत को यो सफलताको निरन्तरता हात लगेको बिधालय का शिक्षक भानुभक्त पोखरेल ले बताउनुभयो।

विगतमा झैं यो वर्षमा पनि धेरै मेधावी बिधार्थी हरुले राम्रो नम्बर ल्याएर पास गर्न सफल भएको र त्यो सङ्गै मेहनति ति विद्यार्थीहरु लाई पढाइको सिलसिलामा कहिँकतै पनि शिक्षण कार्य मा मोलमोलाईजा नगरी शिक्षण गर्ने शिक्षकहरु र शिक्षकलाइ  सधैं सम्मान दिएर शिक्षण गर्न प्रोत्साहित गर्ने आवश्यक सम्पूर्ण शैक्षिक सामग्री र लगायतका सुविधाहरु दिलाउन सफल अभिभावकहरु र अभिभावक हरूलाई असल मार्गप्रशस्त गर्ने सफल लगानीकर्ताहरु सबैको महत्वपूर्ण योगदानले नै करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) यहा सम्म आएको शिक्षक अभिभावक सघ का अध्यक्ष बसन्त बास्तोला ले परिवर्तन न्युज लाइ बताउनुभयो।

राष्ट्रिय परीक्षा बोर्ड ले हालै मात्र सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) माध्यमिक विद्यालयबाट सहभागी भएका २०२ जना विद्यार्थीहरु मध्येबाट साहिल गुरूङ ले ३.७५ जि पि ए सहित व्यवस्थापन विषयतर्फ कास्की जिल्लामै प्रथम भएका छन भने कानुन विषय तर्फ बाट आकृति पराजुलि र स्वेच्छा गौतमले ३.६२ जि पि ए ल्याएर कास्की जिल्लाकै प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

अनुशासित विद्यार्थी, लगनशील शिक्षक ,क्षमतावान अभिभावक र  केही गरौं भन्ने भावना भएका लगानीकर्ताहरुको योगदानको पुरस्कार नै बिधालय बाट सत प्रतिसत सम्पूर्ण विधार्थीहरुले राम्रो जि पि ए ल्याएर पास भएका छन त्यो नै महत्वपूर्ण विषय भएको करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) का संयोजक नबिन अधिकारी  बताउनुहुन्छ उहाँ का अनुसार ९ जना विद्यार्थीहरुले ३.६०-३.७५ सम्म जि पि ए ,७६ जना बिधार्थी ले ३.२०-३.६० सम्म जि पि ए,८१ जना बिद्यार्थी ले २.८०-३.२० सम्म जि पि ए र २५ जना विद्यार्थी हरुले २.३९-२.८० सम्म जि पि ए  प्राप्त गरी विद्यालय तहको अन्तिम परीक्षा उत्तीर्ण गरेको परिवर्तन न्युज लाइ बताउनुभयो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: