Worldlink Communications

राष्ट्रिय खुला स्नुकर प्रतियोगिताको उपाधि काठमाण्डौंका लामालाई

भदौं २२, पोखरा

आज पोखरामा सम्पन्न भएको प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता को फाइनल गेम २०७९ को उपाधि काठमाण्डौंका राजन लामाले जितेका छन्। मंगलबार भएको फाइनल खेलमा लामाले आफ्ना निकतम प्रतिद्धन्दी काठमाण्डौंकै मिलन तामाङलाई वेष्टअफ थट्टीनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जित्ने वातावरण बनेको थियो म

राष्ट्रिय खुला स्नुकर प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो त्यसै गरी उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र सहित को पुरस्कार गरिएको थियो ।

काठमाण्डौंका अजय सुनार र पोखराका दीपेश क्षेत्रीलाई आयोजक ले प्रोत्साहन स्वरुप जनही १५ हजार १ सय ११ नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो।त्यस्तै प्रतियोगिता को हाई हाईयस्ट ब्रेकरमा काठमाण्डौंका आले वाङचुक घोषित भए । उनलाई उपाधिको साथमा क्यू, क्यू वक्स, ट्रफी, मेडल र प्रमाण पत्र वितरण भएको थियो ।

प्रतियोगितामा पोखराका दीपेस क्षेत्री नवप्रतिभा खेलाडीको रुपमा घोषित भए । विजयी खेलाडीहरुको टोलीलाई पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ५ का वडा अध्यक्ष बिष्णुप्रसाद बराल, बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एवम पृथ्बी राजमार्ग बस संचालक कम्पनीका पुर्व अध्यक्ष ऐन कुमार शाही, नेपाल विलियर्ड स्नोकर संघका केन्द्रिय कोषाध्यक्ष गंगाराम श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, वुटवल, चितवन लगायतका शहर का १ सय ६ जना खेलाडीहरु सहभागि हुनु भएको थियो । डेविज स्नुकर क्लबको आयोजनामा यही भदौं १२ देखि २१ गतेसम्म पोखरामा पहिलो पटक संचालन भएको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिताका संयोजक शंकर गुरुङले बताउनुभयो ।

करिब ७० वटा स्नुकर तथा पुल हाउस भए पनि कास्कीको संघमा भने करिब १८ वटा मात्र क्लवबहरु आवद्ध भएको क्लवका प्रथम उपाध्यक्ष राजु गुरुङले बताउनुभयो । सो प्रतियोगिता सफल पार्न १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताउनुभयो भने पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि रयाङ्किङ मा पर्ने जम्मा ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसी ले बताउनुभयो ।

-प्रकाश अधिकारी

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: