Worldlink Communications

पोखराको मुटु महेन्द्रपुलमा बनेको आफ्नै जिर्ण घरमा महानगरपालिका ले डोजर चलायो

भाद्र २३ पोखरा

आज एका बिहानै पोखरा महानगरपालिका ले आफ्नै जमिनमा बनेकाे पोखरा को मुटु मा रहेको महेन्द्रपुल चोक मा ५५/५६ बर्ष पुरानो सटर सहित घरमा डोजर लगाएको  भत्काएको छ ।

एक बर्ष अगाडि नगर पालिको निणर्य लाइ टेक्दै  प्रमुख धनराज आचार्य को टिम र पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहितको टिमको उपस्थितिमा नगर प्रहरी को सहयोग लिएर बिहीबार महेन्द्रपुलको सार्वजनिक स्थानमा बनेको जिर्ण घर तथा सटर भत्काएको हो  ।

महानगरपालिकाले ३५ दिन अगाडि नै ३५ दिने सूचना दिएको थियो त्यो सुचना को म्याद २२ भदौमा सकिए लगत्तै महानगरपालिका ले आज २३ गते  त्यहाँ बसेका पसलेहरुले  हटि सकेको  हुनाले पनि सो भवनमा डोजर चलाउन सजिलो भएको थियो ।

अधिकांश व्यवसायीहरूले सटर छोडिसकेका थिए भने आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने प्रमुख धनराज आचार्यले बताउनुभयो । “पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वी चोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, ‘त्यसको भुईँ तलामा सुचना केन्द्र हुन्छ, बिचको तलामा पुस्तकालय हुन्छ, त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ । यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।” अरू सबै संरचनाहरू त्यहाँबाट हट्ने प्रमुख आचार्यले जानकारी दिनुभयो ।

भबन भत्काएपछि खाली हुने स्थानमा पार्किङ र सुन्दर बगैँचा सहितको खुला स्थान निमार्ण गरिने छ भने हरेक वडामा एउटा एउटा खुला ठाउँ निर्माण गर्नुपर्छ भनेर हामीले अभियान सुरु गरेका छौँ, त्यही अनुसार नै आफ्नै स्वामित्वमा रहेको भवनबाट सुरु गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, हामीले नदिको किनारमा संरचना बनाउन नदिने भनेर भनिरहेका छौँ  फेरि हामीले नै  संरचनाहरू राख्दा एकदमै खतरा र जोखिम सानो भूकम्प आउने बित्तिकै पनि ठुलो दुर्घटना हुने प्रबल सम्भावना भएको हुनाले दुर्घटना पनि नहोस् र खुला ठाँउपनि होस् भन्ने भावना मनमा आएको हुनाले अहिले हामीले यो काम सुरु गरेका हौँ ।

वर्षौँदेखि महानगरपालिकाको सटर मा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूबाट १ वर्षको भाडा समेत छुट दिएर बाँकी बुझाउन पटक पटक ताकेता गरे पनि अटेर गरिएको पनि मेयर आचार्यले बताउनुभयो । सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार लिन बाकि भाडा असुल उपर गरिने प्रमुख आचार्यले बताउनुभयो । स्मरणीय कुरा त के छ भने ति टहरा बाट रु.१ करोड ८७ लाख बढि भाडा असुल उपर गर्न बाँकी छ । महानगरपालिकाले ताकेता गरेपछि केही व्यवसायीहरुले रु.९ लाख ९२ हजार मात्र राजश्व बुझाएका छन् ।

पोखरा महानगरपालिका भित्र गैर कानुनी रूपमा बनेका सबै संरचनाहरू हटाउने अभियानको सुरुवात वडा नं. ९ बाट गरिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । “गैर कानुनी रूपमा बनेका संरचनाहरू हटाउन महानगर आफैले आफ्नो स्वामित्वमा रहेको भवनबाट सुरु गरेको छ, अव यो अभियान पोखरा भरि लागु हुन्छ र हटाइन्छ, मर्सानीले भन्नुभयो, जो अवैध रूपमा निर्माण गरिएको छ, त्यो रहन्न, भत्कन्छ ।” महेन्द्रपुल चोकमा रहेका क्षेत्रीय हुलाकको कम्पाउन्ड समेत भत्काइने उहाँले बताउनुभयो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: