Worldlink Communications

पोखरा महानगरपालिका वडा नम्बर ५ का जनप्रतिनिधिहरू को सय दिन

भाद्र 2४ पोखरा

आज पोखरामा नगरपालिका वाड नम्बर ५ का जनप्रतिनिधिहरुले आफ्नो सय दिने हनिमुनमा गरेको कार्य प्रगति र उपलब्धी सम्बन्धी कार्यक्रमलाई सार्वजनिक गर्नुभयो।

पत्रकारहरुलाई साँची राखेर गरिएको सो कार्यक्रम पोखरा महानगर पालिका वडा न.५ का वार्ड अध्यक्ष बिष्णु प्रसाद बरालको अध्यक्षतामा गर्नुभएको थियो। कार्यक्रम संचालन वार्ड सदस्य कल्पना क्षेत्रिले गर्नुभएको थियो भने स्वागत मन्तव्य हरिमाया विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा आमा समूहका अध्यक्ष र बिभिन्न क्लवका अध्यक्षहरु लाई बोलाइएको थियो ।

सय दिने उपलब्धिहरुलाई भिजिवलमा उतार्दै वडाध्यक्षको बिष्णु प्रसाद बरालले आफुहरु जेठ १२ गतेदेखि पदस्थापना भएको त्यही दिनबाट जनताले हामीबाट धेरै आश गरेको र सबैलाई सुसूचित गर्दै सबैका न्यूनतम माग पूरा गर्नुपर्ने च्यालेन्ज आएको अवस्थामा रहेको हुँदा हुँदै पनि १०० दिनमा के कति काम गरिएछ त्यसको मूल्यांकन गर्न जरुरी छ भनेर राखिएको यस पत्रकार भेटघाट कार्यक्रममा आफुहरुले विभिन्न कामहरु गरेको बताउनुभयो ।

करिब ५५० वटा बिरुवा रोपेको ,ठूलीपोखरी को मर्मतसम्भर गरेको, विभिन्न सार्वजनिक ठाउँमा कमिटीहरु गठन गरेको ,कृषि तर्फ कम्पोस्ट मलर ८५थान बिन वितरण गरेको, भकारो सुधार कार्यक्रममा ८ जना कृषकलाई रु पाँच हजारका दरले सहयोग गरेको, गण्डकी बहुप्राविधिक शिक्षालय र पोखरा ५ को साझेदारीमा   चप्पल बनाउने तालिम सम्पन्न गरेको, लैंगिक हिंसाविरुद्ध महिलाहरूलई तालिम दिइएको।

सचेतना र सशक्तिकरण जस्ता कार्यक्रमहरु चलाएको ४० जनाको सिलाईकटाई टालिम गरेको र थप अझै पनि सो कार्यमा निरन्तरता दिने योजना रहेको, विभिन्न रोग विरुद्धका सचेतनामूलक कार्यक्रम गरेको जनहित महिला समूह, धारा पनि आम समूह, धर्मस्थली महिला विकास संयुक्त कार्यक्रम दुई दिने कार्यक्रम बोल्ने कला र उद्घोषण कला कार्यक्रम सञ्चालन गरेको ,रोडमा  भएको खाल्टाखुल्टी हरु सबै पुरेको, २ जना विद्यार्थीलाई छात्रबृत्ति सहयोग गरेको  माध्यमिक विद्यालयमा एक थान कम्प्युटर प्रदान गरेको धर्मस्थलीमा प्रोत्साहनस्वरुप अति विपन्न परिवारलाई २०/२० हजार दरले बितरण गर्नै गर्नु भएको लगायत का काम हरु सबै प्रोजेक्टरको माध्यमबाट देखाउनुभएको थियो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: