Top Header Ad 1

अस्ट्रेलियामा नेपालीको दसैँ: बुवाआमाको आगमनदेखि आफन्तको हातको टीकासम्म

अस्ट्रेलियामा नेपालीको दसैँ: बुवाआमाको आगमनदेखि आफन्तको हातको टीकासम्म

परिबर्तन न्युज
५ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
५ कार्तिक २०८३

कार्तिक ४, अस्ट्रेलिया

नेपालीहरूको महान् पर्व बडादसैँ अस्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरूले पनि हर्षोल्लास र पारिवारिक आत्मीयता का साथ मनाएका छन्।

नेपालबाट टाढा रहेर पनि नेपाली संस्कृति, परम्परा र पारिवारिक सम्बन्धलाई निरन्तरता दिँदै नेपालीहरूले दसैँ मनाएका हुन्।विशेष गरी नेपालमा रहेका आफ्ना बुवाआमालाई अस्ट्रेलिया बोलाएर दसैँ मनाउने नेपाली परिवारका लागि यस वर्षको दसैँ अझ विशेष र स्मरणीय बनेको छ। लामो समयपछि बुवाआमासँगै बसेर टीका, जमरा लगाउन पाउँदा र उहाँहरूको हातबाट आशीर्वाद ग्रहण गर्न पाउँदा उनीहरूले दसैँको वास्तविक खुसी र पारिवारिक सुखानुभूति गरेको महसुस गरेका छन्।

Advertisement:Ad

नेपालमा हुँदा हरेक वर्ष परिवारका ज्येष्ठ सदस्यबाट टीका र आशीर्वाद लिने परम्परा अस्ट्रेलियामा पनि निरन्तर छ। आफ्ना बुवाआमा तथा परिवारका सदस्यलाई नेपालबाट बोलाएर दसैँ मनाउने क्रमले विदेशमा रहेका नेपालीहरूको पारिवारिक सम्बन्धलाई थप नजिक बनाएको छ।

त्यस्तै, अस्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरू दसैँको अवसरमा आफ्ना दाजुभाइ, दिदीबहिनी तथा आफन्तहरू रहेका सहरमा पुगेर टीका लगाउने र आशीर्वाद लिने गरेका छन्। भौगोलिक दूरी र व्यस्त दैनिकीका बाबजुद पनि दसैँले आफन्तसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर दिएको छ।

नेपालमा जस्तै विदेशमा पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने तथा आफ्नो क्षमताअनुसार दक्षिणा दिने परम्परालाई नेपालीहरूले निरन्तरता दिएका छन्। आफन्तको घरमा भेला भएर मिठा परिकार खाने, बालबालिकालाई टीका लगाइदिने र परिवारका सदस्यसँग रमाइलो गर्ने क्रमले अस्ट्रेलियामा पनि दसैँको रौनक थपेको छ।

विदेशमा रहेका नेपालीहरूका लागि दसैँ केवल चाडपर्व मनाउने अवसर मात्र होइन, आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनासँग जोडिने भावनात्मक क्षण पनि हो। विशेषगरी बुवाआमालाई आफ्नै नजिक राखेर दसैँ मनाउन पाउँदाको खुसीले विदेशमा रहेका सन्तानलाई परिवारसँग जोडिन थप प्रेरणा दिएको छ।

नेपालबाट हजारौँ किलोमिटर टाढा रहे पनि नेपालीहरूले आफ्नो संस्कार, संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तालाई समेत यसको महत्त्व बुझाउने प्रयास गरिरहेका छन्। अस्ट्रेलियामा मनाइएको दसैँले नेपालीहरू जहाँ रहे पनि परिवारप्रतिको माया, ज्येष्ठ नागरिकप्रतिको सम्मान र सांस्कृतिक पहिचानप्रतिको आत्मीयता उत्तिकै बलियो रहेको सन्देश दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै